तीन वर्षदेखि कांग्रेसले पाएको शक्तिशाली पद खोसियो, एक तह घटुवा !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै नेपाली कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एक हुँदासम्म कांग्रेस दोस्रो पोजिशनमा थियो । तत्कालीन माओवादी र एमाले नमिल्दा पनि कांग्रेस दोस्रो पोजिशनमा थियो ।

संसद पुनःस्थापना भएपछि मंगलबारदेखि नेपाली कांग्रेस तेस्रो पोजिशनमा पुगेको छ । प्रतिनिधि सभामा कांग्रेसका सांसदहरू ६३ जना मात्रै छन् ।

प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटासहित नेकपाका १७४ सांसद छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले ९० जना सांसद आफूहरूसँग रहेको दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग ८४ सांसद रहेको दाबी नेताहरूले गर्ने गरेका छन् । नेकपा एक रह्यो भने मात्रै कांग्रेस प्रमुख प्रतिपक्ष अर्थात दोस्रो पोजिशनमा हुनेछ । अन्यथा तेस्रो पोजिशनमा पुगेको छ ।

ओली र प्रचण्ड–माधव समूह तत्कालीन मिल्ने सम्भावना छैन । उनीहरू संसदमा अलग–अलग बस्नेछन् । नेकपा कानूनी रुपमा विभाजन भएको छैन । नेकपा कानूनी रुपमा विभाजन भयो भने वा नभए पनि अहिलेको तथ्याङ्क हेर्दा कांग्रेस तेस्रो पार्टीको पोजिशनमा पुगेको छ ।

संसद भङ्ग भएपछि प्रचण्ड–माधव निकट संसदहरूको भेलामा आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर नै संकलन भएको थियो । प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा ९० सांसदको हस्ताक्षर थियो ।

एमाले र माओवादीले तत्कालीन समयमा वाम गठबन्धन बनाएर निर्वाचनमा लडेका थिए । समानुपातिकमा ४१ र प्रत्यक्षमा ८० सिट गरि एमालेले १२१ सिट जितेको थियो ।

माओवादीले समानुपातिकमा १७ र प्रत्यक्षमा १७ सिट गरि ५३ सिट जितेको थियो । नेपाली कांग्रेसले समानुपातिकमा ४० र प्रत्यक्षमा २३ सिट गरि जम्मा ६३ सिट जितेको थियो ।

संसद पुनःस्थापना भएसँग मंगलबारदेखि कांग्रेसको प्रमुख प्रतिपक्ष दलको पद खोसिएको छ । कांग्रेस प्रचण्डको तत्कालीन माओवादीभन्दा पनि पछाडि पुगेको छ ।

तत्कालीन समयमा राजपाले १७, संघीय समाजवादी फारम नेपालले १७, राप्रपाले १, नयाँ शक्ति पार्टीले १, नेपाल मजदुर किसान पार्टीले १, राजमोले १ स्वतन्त्रले १ सिट जितेका थिए ।

सबै दलका गरि प्रतिनिधि सभामा २७४ सिट रहेको छ । वाम गठबन्धन अर्थात नेकपाले झण्डै दुईतिहाइ बहुमत पाएका थिए ।

पार्टीभित्रको झगडाले गर्दा तीन वर्षमा संसद भङ्ग गरेका थिए । तर, सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा ब्युताइदिएपछि नेपालको राजनीति नयाँ मोडमा गएको छ ।

Published : Tuesday, 2021 February 23, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया