सर्वोच्चको फैसलाबारे के भन्छन् सभापति देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् ।
देउवाले मंगलबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘कांग्रेस विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’
‘प्रतिनिधि सभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट फैसला भएको छ’, देउवाले भने, ‘२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो ।’
‘नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो’, सभापति देउवाले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया