सर्वोच्चको फैसला स्वभाविक, त्यसकै लागि कांग्रेस सडकमा थियोः सह–महामन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महमन्त्री डा.प्रकाशशरण महतले सर्वोच्च अदालतको निर्णयलाई स्वभाविक भन्दै स्वागत गरेका छन् ।

मंगलबार सर्वोच्च अदालतबाट संसद भङ्ग गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्णयलाई सर्वोच्च अदालतले खारेज रिदिएपछि सह–महामन्त्री डा.महतले संसद संसद पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेका हुन् ।

‘सर्वोच्च अदालतको निर्णयलाई नेपाली कांग्रेसले स्वीकार गर्छ भनेर निर्णय गरेको थियो । जे निर्णय आएपनि मान्ने कांग्रेसको दृष्टीकोण थियो’, उनले भनेका छन्, ‘सर्वोच्चको निर्णयलाई हामीले स्वभाविक रुपमा लिएका छौँ ।’

‘संवैधानिक सर्तहरू छन् । ती सर्तहरूका कुनै कुराहरू नभएर संसद विघटन भएको कारणले यसलाई असंवैधानिक भनेर कांग्रेस विरोधमा सडकमा उत्रिएको हो’, उनले भनेका छन् ।

डा.महतले संसद पुनःस्थापना गरे पनि नयाँ जनादेशमा जान भने पनि सर्वोच्चको निर्णयलाई मान्ने कांग्रेसको निर्णय रहेको उनले बताए ।

सह–महामन्त्री डा.महतले कम्युनिस्टहरू संविधान र लोकतन्त्रलाई मान्दैनौ भन्ने कुरा कांग्रेसले शुरुदेखि भन्दै आएको उनले बताए । सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्चताको रक्षा भएको उनले बताएका छन् ।

Published : Tuesday, 2021 February 23, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया