जन्मदिन मनाइरहेका ओलीलाई सर्वोच्चले दियो झड्का, संसद ब्युताइदियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जन्मदिवस मनाइरहेका बेला सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । सर्वोच्च अदालतेको फैसलाले ओलीलाई झट्का लागेको छ ।

सर्वोच्च अदालतले मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीद्वारा गरिएको पुस ५ गतेपछि गरिएका सबै नियुक्तिसमेत खारेज गर्न भनेको छ ।

Published : Tuesday, 2021 February 23, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया