कांग्रेस नेताद्वय डा.महत–खतिवडा भन्छन्, ‘लोकतन्त्रको जग कमजोर रहेछ’

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत लोकतन्त्र र स्वतन्त्रताको जग बलियो हुन नसकेको भन्दै चिन्ता जनाएका छन् ।

साहित्यकार मनहरि खड्काको ‘मिनी नेपाल’ नामक कितावको सोमबार काठमाडौंमा विचोमन गर्दै डा.महतले कांग्रेसले ०७ सालदेखि स्वतन्त्रतालाईबलियो बनाउन लागेको बताए ।

उनले भने, ‘नेपालले पनि स्वतन्त्रता ०७ सालदेखि अगाडि बढाउन खोज्यौँ । अझै पनि जग बलियो हुन सकेको छैन । राजनीतिको जग अझै बलियो भएको छैन । अफ्ठ्याराहरू छन् ।’

‘फ्रिडम लिबर्टीको जगमा साहित्य, कला अगाडि बढ्छ । हाम्रो देशको राजनीति जसरी अगाडि बढेको छ त्यो अझै बलियो भएको छैन भन्ने देखिएको छ’, डा.महतले भनेका छन् ।

‘म कुनै साहित्यकार होइन । आफ्नो क्षेत्रमा अर्थ शास्त्रमा पीएचडी गरेको हुँ । आफ्नो क्षेत्रमा लेख्ने गरेको हुँ’, उनले भनेका छन्, ‘कथा र कविताको पाठक मात्रै हुँ ।’

‘अचेल अरु कुराल व्यस्त भएकाले धेरै पढेको छैन । पहिला धेरै पढ्थेँ’, डा.महतले भने, ‘हरेक समाजको सिभिलाइजेशनको कति सु–संस्कृत र अनुशासित छ भन्ने कुरा साहित्यले देखाउँछ । साहित्य, संगीत कलाले त्यो देशको समाज समृद्ध हुनुपर्छ ।’

‘राजनीतिले साहित्य, कलालाई महत्व दिन सकेको छैन’, कांग्रेसका सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘एकै पटक परिवर्तन स्वीकार गर्न समस्या हुन्छ । सहजै परिवर्तन हुँदैन’, उनले भने, ‘कविता, कथा, उपन्यास, निबन्धहरूमार्फत समाजमा प्रकट भएर सुधार गर्न सकिन्छ ।’

वीपी कोइरालाले समाज परिवर्तनका लागि साहित्यको प्रयोग गरेको उनले बताए । ‘सामाजिक, राजनीतिक चेतनाका रुपमा उठाउन मद्धत गर्छ’, डा.महतले भनेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले चुरा व्यापारी र कुरा व्यापारीको प्रशंग उठाउँदै राजनीतिमा कुराको व्यापार भएको बताए ।

उनले भने, ‘चुरा व्यापारीले दैनिक १५ सय कमाउँदो रहेछ । त्यो व्यापारीले राजनीति गर्नेलाई सोध्यो । कति कामाउनु हुन्छ ? राजनीति गर्ने व्यक्तिले भन्यो । कुरा व्यापार गर्छ । त्यस्तो अवस्था छ ।’

खतिवडाले काउली रोपिएको प्रशंग पनि उठाएका छन् । ‘एउटा गाउँमा काउली रोपिएको रहेछ । प्रधानमन्त्री जानुभए छ । काउलीलाई देखेपछि प्रधानमन्त्रीले भन्नुभएछ । यो काउली हिँजो रोपेको होइन ? डाँठ मात्रै छ । आजै रोपेर आजै फल्न काउली जस्तो विकास देशलाई चाहिँदैन’, खतिवडाले भनेका छन् ।

साहित्यकार खड्काले आफ्नै भूमि प्यारो भनेर कितावमा राखेको प्रशंगको प्रशंसा गरेका छन् ।

‘नेपाली साहित्य क्षेत्रमा मनहरि खड्काले चन्द्रमाको आकार दिएको छ । प्रतिभाशाली मानिसको सम्मान गर्नुपर्छ’, उनले भनेका छन् ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, रविन्द्र खड्कासहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 February 22, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया