प्रचण्डले ओलीसँग जस्तै माधवसँग पनि गरे

काठमाडौं । प्रधानमन्त्री र अध्यक्ष नपाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपालले भाग बण्डामा कुरा मिलाएका छन् ।

प्रचण्ड–माधवले पार्टीको संगठनात्मक संरचनामा ५०–५० प्रतिशतको भागबण्डा गर्ने सहमति गरेका हुन् । पार्टीभित्रको भागबण्डाका लागि प्रचण्ड–माधवले ९ बुँदे मापदण्ड तयर पारेका छन् ।

प्रचण्ड–माधवले ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरू’मा हस्ताक्षर गरेका छन् ।

प्रचण्ड–माधवले प्रदेश र जिल्लाका इञ्चार्ज, सह–इन्चार्ज एवम् पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरूमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गर्ने सहमति गरेका छन् ।

प्रचण्ड–माधवले प्रदेश र जिल्लाका इञ्चार्ज, सह–इञ्चार्ज एवम् पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरूमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने भन्ने सहमतिमा उल्लेख छ ।

त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने प्रचण्ड–माधवले सहमति गरेका छन् ।

पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उनीहरूले सहमति गरेका छन् ।

‘सामान्यता पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुन सदस्य संख्यामा ५०–५० प्रतिशत हुनेगरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ’, सहमतिमा उल्लेख छ ।

‘पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने’, सहमतिमा भनिएको छ, ‘वरीयतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने ।’

‘विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरीयताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिनेछ’, सहमतिमा उल्लेख छ ।

‘एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्ने’, सहमतिमा भनिएको छ ।

‘यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने’, सहमति पत्रमा भनिएको छ, ‘प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिइनेछ ।’

पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने प्रचण्ड–माधवले सहमति गरेका छन् ।

साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरूलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा विशेष ध्यान दिने प्रचण्ड–माधवले सहमति गरेका छन् ।

सहमतिमा भनिएको छ, ‘पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरूको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा म मापदण्डहरु अनुरुप गर्ने । संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।’

सहमतिमा प्रचण्ड–माधवले भनेका छन्, ‘पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।’

उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने सहमति प्रचण्ड–माधवले गरेका छन् ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण हुँदा ६०–४० को भागबण्डाका आधारमा गरिएको थियो । यस पटक प्रचण्डले माधव नेपाललाई बराबरी अर्थात ५०–५० प्रतिशत दिएका छन् ।

ओली र प्रचण्डबीच भएको सहमति कार्यान्वयन नभएपछि नेकपालाई फुटाइएको छ । तीन वर्षमै संसद भङ्ग गरेर कम्युनिस्टहरू सडकमा भाँडभैलो गर्दै आएका छन् ।

Published : Sunday, 2021 February 21, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया