पौडेल समूहले नुवाकोटमा देखायो हर्कत, ज्वाँइलाई स्वागत, सह–महामन्त्रीलाई अपमान

विदुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नुवाकोट जिल्लामा ठूलो उत्पात मच्चाएको छ ।

नुवाकोट कांग्रेसको पार्टी कार्यालय उद्घाटनको कार्यक्रममा सह–महमन्त्री डा.प्रकाशशरण महतलाई निम्तो नदिएर राजनीतिक पूर्वाग्रही राखेको भन्दै आलोचना भएको छ ।

पौडेल समूह निकट मानिने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले आफ्ना छोरी ज्वाइँसम्मलाई बोलाउन भ्याए । तर, नुवाकोटमा जन्मिएका कांग्रेसका सह–महामन्त्री महतलाई बोलाएनन् ।

सभापति देउवाले गुट चलाएको भनेर आरोप लगाएर नुवाकोट कांग्रेसका सभापति केसीले बेलाबेला पौडेल समूहका जिल्ला सभापतिहरूको भेला बोलाएर वक्तव्यवाजी गर्ने गरेका छन् ।

केन्द्रीय नेताहरूलाई गुटको राजनीति गरेको भनेर आरोप लगाउने केसी आफैले गरेको कार्यक्रममा जिल्लाकै केन्द्रीय पदाधिकारीमाथि गरेको राजनीतिक पूर्वाग्रहीको नुवाकोटका कांग्रेसीले रुचाएका छैनन् ।

सभापति केसीले गुट र स्वार्थभन्दा माथि उठेर कार्यक्रम गर्नुपर्ने थियो । केसीले कसको दवावमा हो त्यो गर्न सकेनन् । देउवा समूहले अत्याचार गरेको आरोप लगाउने केसी र पौडेल समूहले पनि ठाउँ पाउँदा विरोधी समूहलाई ठेगान लगाउन बाँकी नराख्दा रहेछन् भन्ने स्पष्ट सन्देश दिएका छन् ।

नुवाकोट कांग्रेसका सभापति केसीबाट भएको कार्यको नुवाकोट कांग्रेसकै नेता र कार्यकर्ताहरूले रुचाएका छैनन् । यसको मूल्य नुवाकोट कांग्रेसले चुकाउनुपर्ने चेतावनी कार्यकर्ताहरूले दिएका छन् ।

पार्टी कार्यालय उद्घाटनका लागि सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको थियो । देउवाले शुक्रबार विदुरमा रहेको पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति केसीले प्रकाशमान सिंह, आफ्ना दाई अर्जुन नरसिंह केसी, डा.रामशरण महत, बहादुर सिंह लामा, छोरी ज्वाइँ गगन थापा, प्रदीप पौडेल, कमला पन्तलगायतलाई बोलाए । तर, त्यही जिल्लाको नेता सह–महामन्त्री डा.महतलाई बोलाएनन् ।

कार्यक्रममा बोल्ने क्रममा केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाका सांसद बहादुर सिंह लामाले नुवाकोट जिल्लामा कांग्रेसभित्र गुटको प्रभाव देखिएको भन्दै चिन्ता जनाए ।

लामाले सह–महामन्त्री डा.प्रकाशशरण महतलाई नबोलाएर ठूलो गल्ती गरेको बताए । उनले नुवाकोट कांग्रेसभित्र अहिले पनि मिलाप छैन भन्ने कुरा देखिएको बताए ।

‘नुवाकोट जिल्लामा हामी सबैले सबैलाई सम्मान हुनुपर्छ भन्ने मान्यताका आधारमा मैले पनि सबैलाई सम्झिएको छु’, नेता लामाले भने, ‘नुवाकोट अब नेपाली कांग्रेस एक भएको घोषणा गर्ने दिन आज हो भन्ने लागेको थियो । नुवाकोटमा जन्मिनुभएका सह–महामन्त्री हुनुहुन्छ डा.प्रकारशरण महत आउनु भएको छैन ।’

डा.महतलाई कार्यक्रममा नुवाकोट कांग्रेसको नेतृत्वले राजनीतिक पूर्वाग्रह भएर नबोलाएको उनको संकेत थियो ।

‘हामी एकतावद्ध भयौँ भने कम्युनिस्ट पार्टीले छुन सक्दैन भन्ने कुरा घोषणा गर्न चाहन्छु’, उनले भने, ‘हामी सबैले संयम हुनुपर्छ । चुनाव लडौँला वा नलडौँला छुट्टै कुरा हो । डा.महतल आज उपस्थित हुनुपर्ने, उपस्थित नहुँदा खल्लो लागेको छ ।’

‘डा.प्रकाशरण महतलाई उपस्थित गराउन पाएको भए उत्तम हुने थियो’, नेता लामाले भने, ‘डा.महत आउँदैमा सबै कुरा बिग्रिने कुरा होइन । उहाँको उपस्थितिले कांग्रेसमा राम्रो छाप पर्ने थियो । ’

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले सह–महामन्त्री डा.महतलाई बोलाएनन् ।

डा.महतलाई नबोलाएपछि सभापति केसीको आलोचना भएको छ । जिल्ला सभापति जस्तो व्यक्तिले भेदभाव गरेर कार्यक्रम गरेपछि नुवाकोट कांग्रेसमा समस्या देखिएको छ ।

कार्यक्रमका पार्टी सभापति देउवाको पनि उपस्थिति रहेको थियो । देउवाकै अगाडि नुवाकोट कांग्रेसका सभापति केसीको हर्कतको नेता लामाले भण्डाफोर गरिदिएका छन् ।

Published : Friday, 2021 February 19, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया