कांग्रेसलाई धोका दिएर बालकोट हिँडेका प्रचण्डले पाए नाराम्रो धोका, बल्ल डरायो खुमलटार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्थ गरेकी छिन् ।

भण्डारीले शुक्रबार परियारलाई टाएर उनको स्थानमा राजेश झा ‘अहिराज’लाई नियुक्त गरेकी छिन् । झाले प्रदेश २ को प्रदेश प्रमुखको शपथ समेत लिएका छन् । झालाई राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराइएको छ ।

शपथ कार्यक्रममा प्रधानमन्त्री खड्गप्रसाद ओलीसहितका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उप–राष्ट्रपति नन्दबहादुर पुन भने अनुपस्थित रहेका थिए । पुनले शपथ कार्यक्रम बहिस्कार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति वफादारी देखाएका छन् । पुनलाई प्रचण्डले नै उप–राष्ट्रपति बनाएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ ।

१६५ को (ख)मा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने अवस्था छ ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए ।

परियार केही समय मोहन वैद्यको पार्टीमा थिए । उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा पनि थिए । परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

परियारलाई किन हठात् हटाइयो भन्ने स्पष्ट कारण खुलाइएको छैन । बर्खास्थ भएका निवर्तमान प्रदेश प्रमुख परियारले आफूलाई राजनीतिक कारणले हटाइएको बताएका छन् ।

शेरबहादुर देउवाको सरकार हटेर केपी ओली नेतृत्वमा सरकार बनेपछि २०७६ कात्तिकमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका थिए ।

त्यतिबेला पूर्वएमाले र पूर्वमाओवादीनिकटहरूलाई भागबण्डा गरिएको थियो ।

प्रचण्ड–माधव समूहबाट प्रदेश २ मा परियार, गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त नियुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई धेरै चुरीफुरी नगर्न सन्देश दिन प्रदेश २ का प्रमुख परियारलाई हटाएका हुन सक्छन् । ओलीले प्रदेश सभाहरू विघटनका लागि पनि यो कदम उठाएको चर्चा छ ।

शुक्रबार पेरिसडाँडामा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक चलिरहेकाबेला परियार पदमुक्त भएको खबर पुगेपछि प्रचण्ड–माधव समूह झस्किएको एक नेताले बताएका छन् ।

नवनियुक्त प्रदेश प्रमुख झा मधेस मामिला विज्ञ मानिन्छन् । झा पत्रकारिता पेशामा पनि आवद्ध रहँदै आएका थिए । उनले मधेस मामिलामा विद्यावारिधि गरेका छन् ।

ओलीले प्रचण्ड–माधव समूहका राजनीतिक नियुक्ति पाएकाहरूले साथ नदिए हटाउने चेतावनी स्वरुप परियारलाई हटाएको हुन सक्ने चर्चा भएको छ ।

भरतपुरमा छोरी रेणु चन्दलाई मेयरमा जिताएपछि प्रतिनिधि सभा निर्वाचनमा ओलीसँग मिल्न पुगेका प्रचण्डलाई ओलीले एकएक गरेर बदला लिँदै छन् । ओलीको कदमबाट प्रचण्ड झस्किएका छन् । प्रचण्डले ओलीलाई साइजमा ल्याउन कांग्रेसको साथ खोजीरहेका छन् ।

कांग्रेसलाई धोका दिएर बालकोटका ओलीलाई रोज्न पुगेका प्रचण्डले नराम्रोसँग धोका पाइरहेका छन् ।

Published : Friday, 2021 February 19, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया