यस्तो रहेछ भित्री तयारी, देउवाले खोले गोप्य कुरा, राजनीति छाड्न चेतावनी

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको शुक्रबार विदुरमा पार्टी कार्यालयको भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले चुनावको तयारी गरेर केही नबिग्रिने बताए । उनले अहिले चुनाव भए पनि डेढ वर्षपछि चुनाव भए पनि तयारी गर्दा केही नबिग्रिने बताएका हुन् ।

देउवाले चुनावको विरोध गर्ने आफ्नै पार्टीका नेताहरूको आलोचना गरेका छन् । ‘एक पटक यस्तै भएको थियो । गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएपछि चुनावको घोषणा भयो’, उनले भने, ‘कहाँ हुन्छ चुनाव ? कहाँ हुन्छु चुनाव ? भन्छन् । चुनाव हुन दिन्न भन्छन् । चुनाव हुँदै हुन्न । चुनाव हुँदैन भन्याभनै छन् । ए बाबा चुनाव हुन्छ भन्छु मान्दैन मान्दैनन् । मेरो पालामा पनि चुनाव हुँदैन भन्छन् । आखिर चुनाव भइ छोड्यो ।’

देउवाले प्रश्न गर्दै भने, ‘यस पटक पनि चुनाव कहाँ हुन्छ ? कहाँ हुन्छ भन्छन्, बा ! एकै चोटी आमसभा भन्छन् । चुनाव भयो भने नि ? चुनावको तयारी गर्नु पर्दैन ? चुनावबाट भाग्ने ?
‘यो संविधान मैले बुझ्याछु भन्छन् । सबैले बुझ्या छन् । नबुझ्ने कोही छैन । नेपालमा त झन् कोही छैन नबुझ्या । कसरी बुझ्या छन् भन्छु म ?’, सभापति देउवाले भने, ‘संविधानसम्बन्धी कुरा, कानूनी कुरा परिभाषा गर्ने अदालत बाहेक यहाँ को छ ? कोही छ ? कोही छ यहाँ ? अदालतलाई विश्वास गरौँ न ।’

‘सडकमा आउन त दुई लाख आउँछन् । अदालतलाई विश्वास गरे के हुन्छ ?’, देउवाले प्रश्न गर्दै भने, ‘हिजो प्रचण्डले धम्काएर काम अह्रयाउँथेँ । हामीले त्यही काम गर्ने धम्क्याएर ? प्रचण्डले जस्तै धम्क्याएर काम गराउने भए अदालतलाई हटाइदिए भइगयो नि !’

‘जसले बढी धम्काउँछ उसको कुरो माने भइहाल्यो नि ! जसले बढी तर्साउँछ उसको कुरा माने भइहाल्यो नि !’, उनले भने, ‘अदालतलाई विश्वास गरौँ, प्लिज । अदालतलाई विश्वास नगरेर कसलाई विश्वास गर्ने ?’ ‘प्रजातन्त्र भनेको स्वतन्त्र अदालत पनि हो । अदालतभन्दा ठूलो कोही छैन यहाँ ?’, उनले भने, ‘उसलाई विश्वास गरौँ । उसलाई विश्वास गरेर सच्याउने हो । सर्वोच्च अदालतलाई विश्वास गरौँ ।’

सभापति देउवाले भने, ‘उसको निर्णय के हुन्छ त्यही कुरा हामी मानौँ । संविधान पुनःस्थापना गर्छ भने सहर्स स्वीकार गरौँ । चुनाव हुन्छ भने चुनावमा जाऔँ बरु ।’

‘प्रचण्ड र ओली चुनावमा जानलाई चुनाव चिन्हका लागि लडाइँ लडेका छन्’, उनले भने, ‘दुइटा चुनावका लागि तयार भइसकेका छन्, चुनाव चिन्ह चाहिएको छ उनलाई । हाम्रालाई चुनाव हुन्न, चुनाव हुन्न । हद हुन्छ नि कुराको ! भयो भने नि ?’

‘त्यस कारण यस्ता कुरा नगर्नुस्’, देउवाले भने, ‘यही संविधानमा छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ । चुनाव गरायो भने ढुक्क भएर बस्ने । सबै लागिहाल्ने’, उनले भने, ‘चुनाव भइहाल्यो भने ? केही तयारी गर्नु पर्दैन ? सबैले चुनाव हुँदैन, चुनाव हुँदैन भन्छन् ।’

‘पहिला त्यस्तै भएर हाम्रो हालत खराब भयो । चुनाव भयो भने तयार हुनुपर्छ । अहिले भए पनि, डेढ वर्षपछि चुनाव हुनेछ’, उनले भने, ‘त्यहीँ गाउँ–गाउँ बसे भइहाल्यो नि ? एक वर्षपछि भइहाल्छ नि । चुनावको तयारी गर्दा के बिग्रियो ?’

सभापति देउवाले भने, ‘चुनावसँग सब डराउँछन । चुनावसँग डराएर हुन्छ ? कि राजनीति छोड्नु पर्‍यो । कि चुनावमा जान तयार हुनुपर्‍यो । त्यसै कारण चुनावको लागि तयार हुनुस् ।’

‘दुई वर्षपछि होस् कि अहिले होस्’, उनले भनेका छन्, ‘चुनाव हुँदैन भन्नु हुन्छ । चुनाव भइदियो भने नि ? तयार हुनुस् । सर्वोच्च अदालतलाई विश्वास गरौँ । सम्मान गरौँ । सर्वोच्च अदालतबाट जे निर्णय हुन्छ त्यो मानौँ ।’

देउवाले भने, ‘विचाराधीन मुद्धामा राम्रा वकिल राख्ने हो । निर्णयलाई मानौँ । चुनाव हुन्छ–हुन्छ । ओलीलाई चुनाव नगरेर सुख्ख हुन्छ यहाँ ?’

‘चुनावको लागि तयार भएर बस्ने । पार्लियामेन्ट फिर्ता भयो भने चुनावका लागि बसे भइहाल्यो नि’, उनले भने, ‘फेरि ६ महिन एक वर्षपछि चुनाव भइहाल्छ नि । तयारी गरेर के बिग्रियो ?’

‘ओलीको खिलाफमा बोल्न डराउनु भएन छ धन्यावाद । ओलीविरुद्ध बोल्न सक्ने भएछ । डर हटेछ । अझै प्रचण्डको खिलाफ बोल्न सक्ने हुनुस्’, उनले भनेका छन् ।

‘कम्युनिस्ट पार्टीको शासन आएपछि बोल्न लेख्न पाउनेछैन । रुन पनि पाउनेछैन भनेको थिएँ मैले । बल्ल साथीहरू ओलीको खिलाफमा बोल्ने भएछन् । धन्यावाद छ है । बल्ल ओलीको खिलाफमा जान सक्ने भए छन् है’, उनले भनेका छन् ।

‘हाम्रो पार्टीमा बल्ल बोल्न सक्ने भए छन् ओलीको खिलाफमा । म यस्तो पार्टी बनाउन चाहन्छु ओली र प्रचण्डको विरुद्धमा बोल्न सक्ने हिम्मतवाला पार्टी बनाउन चाहन्छु’, उनले भने, ‘प्रचण्डको खिलापमा अहिले पनि बोल्न डराउँछन् साथीहरू । यस्तो हात छ यहाँ । हाम्रो पार्टीमा बल्ल बोल्न सक्ने भए छन् ओलीको खिलापमा ।’

‘कसैको खिलापमा बोल्न नसक्ने भएका छन् विचारहरू । म यस्तो पार्टी बनाउन चाहुन्छ जुन दिन ओली र प्रचण्डको विरुद्धमा बोल्न पाउने, बोल्न सक्ने हिम्मतवाला पार्टी बनाउनुपर्ने आवश्यक्ता छ’, देउवाले भनेका छन् ।

‘पछिल्लो समय अझै पनि डराउँछन् । यस्तो छ हाम्रो पार्टी । नेताको यस्तो हालत छ पार्टीको के कुरा भयो ?’, उनले प्रश्न गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । ‘हरायो भने आफ्नै हराउँछ । कांग्रेसले कांग्रेसलाई हराउनेतिर नलाग्नुस्’, उनले भने, ‘टिकट कसलाई दिन सल्लाह गरौँ । न्याय गरौँ । भागबण्डा नगरौँ । चुनाव गरौँ । चुनावमा जाऔँ ।’

कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, नेताहरू अर्जुन नरसिंह केसी, डा.रामशरण महत, बहादुरसिंह लामा, पर्वत कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 February 19, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया