कांग्रेसमा क–कसको मुटुले ठाउँ छोड्यो ?

काठमाडौं । शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा रोक्न वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइाला, गगन थापाहरू टुप्पी कसेर लागेका छन् । नेकपा विभाजन भएपछि कार्यकर्ताका बीचमा विग्रिएको छवि सुधार भएको छ । देउवा जसरी पनि कांग्रेसलाई ठूलो पार्टी बनाउन खोजेका छन् । देउवाले अनेक तिकडम गरेर नेकपालाई विभाजन गराउन भूमिका खेलेका थिए ।

सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा करीव २० जना कांग्रेस समर्थकहरूलाई मनोनीत गर्न सफल भएका छन् । देउवाले अन्य निकायहरूमा पनि ओलीसँग मिलेर पार्टीका नेता कार्यकर्तालाई अवसर दिइरहेका छन् । देउवाको कार्य देखेर पौडेल–सिटौला समूह आत्तिएको छ । देउवाले यसै गरी अगाडि बढे भने १४औँ महाधिवेशनमा सभापति बन्न कसैले रोक्न सक्नेछैन ।

देउवालाई सभापतिमा रोक्न पौडेल–सिटौला समूह बखेडा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड–माधव नेपाललाई साथ दिन सडक आन्दोलनमा मिलेर जान प्रस्ताव गरेका छन् । पौडेलले जसरी पनि कांग्रेसलाई प्रचण्डसँग मिलेर संयुक्त आन्दोलनको दवाव दिएका छन् । देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न पनि पौडेल–सिटौला लागेका छन् ।

कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सडकमा जथाभावी बोल्न हुँदैन । कांग्रेसले सोमबार देशभरि गरेको प्रदर्शनमा उत्साहपूर्ण सहभागिता रहेको थियो । लाखौँ कार्यकर्ता सडकमा उत्रिएका छन् । तर, पौडेल–सिटौला समूहले पार्टीको निर्णय विपरित संसद पुनःस्थापनाको पक्षमा अभिव्यक्ति दिएको छ । गगन थापाले चितवनको भरतपुरमा संसद पुनःस्थापनको माग गरे ।

रामचन्द्र पौडेलले धादिङमा संसद पुनःस्थापना गरेका छन् । उनीहरूले केन्द्रीय कार्यसमितिको बैठकबाट संसद विघटनको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वोच्च अदालतले दिने फैसला मान्ने भनेर निर्णय गरेका छन् । सानेपाबाट बाहिर निस्कने वित्तिकै पौडेल सिटौला समूह आफैले गरेको हस्ताक्षरको मसी सुक्न नपाउँदै प्रचण्ड–माधव समूहलाई फाइदा हुने गरेर अभिव्यक्ति दिने गरेका छन् ।

संसद पुनःस्थापनाको नाममा पौडेल–सिटौला समूहले कांग्रेसलाई तेस्रो पार्टी बनाउन खोजेका छन् । सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी ठान्ने कांग्रेस । संसदीय पद्धति मान्ने कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सडकमा जथाभावी बोल्दा स्वतन्त्र न्यायालय र लोकतन्त्रलाई असर पर्छ कि पर्दैन नेताहरूले ध्यान दिन जरुरी छ ।

उता, कांग्रेसभित्र १४औँ महाधिवेशनको कुरा पनि उठेको छ । महामन्त्री डा.शशांक कोइरालाले मध्यावधि निर्वाचन मंसिर–पुसभन्दा पहिला नहुने बताएका छन् । उनले वैशाखको मध्यावधि नहुने दाबी गरेका छन् । डा.कोइरालाले पार्टीको महाधिवेशनमा केन्द्रित हुनुपर्ने भन्दै देउवासँग डराएको अभिव्यक्ति दिएका छन् ।

कांग्रेसमा पछिल्लो समय देउवाले छवि सुधार गरेपछि पौडेल–सिटौला समूहलाई सबैभन्दा तनाब भएको छ । देउवासँग तनाब हुनेको सूचीमा गगन थापा पहिलो नम्बरमा छन् । व्यक्तिगत स्वार्थका लागि जेपनि गर्न तयार गगनले प्रचण्ड–माधव समूहको एजेण्डा बोकेपछि उनको लोकप्रियता घट्दै गएको छ ।

Published : Thursday, 2021 February 18, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया