राजु खनालले बंगलाचुलीमा चारतारे झण्डा गाडे, नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश

घोराही । दाङको बंगलाचुली गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बंगलाचुली– २ गहतेरामा बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् पूर्वसांसद राजु खनालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेको युवा नेता गणेश बेल्वासेले जानकारी दिए । नवप्रवेशीहरूले नेकपाबाट आफूहरूलाई ठूलो धोका भएको गुनासो गरेका थिए ।

कम्युनिस्टलाई विश्वास गरेर मतदान गरेको बताएका नवप्रवेशीहरूले अब कांग्रेसलाई मन, बचनले साथ दिने प्रतिवद्धता जनाएको बेल्बासेले बताए ।

नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूमा कृष्ण डाँगी, भोजराज डाँगी, झबिन्द्र डाँगी, विष्णु खत्री, नुमबहादुर डाँगी ‘सानो’, हीराबहादुर डाँगी, गोपीराम खत्री, नेत्र खत्री, दामोदर विष्ट, गिरीराज गिरी, झगबहादुर घर्ती, भगीराम खत्री लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेता बेल्बासेले बताए ।

बंगलाचुली गाउँपालिका कांग्रेसको संगठन कमोजर मानिन्छ । गाउँपालिकामा नेकपाले जितेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपाका उम्मेदवारहरूलाई बंगलाचुलीका जनताले मतदान गरेका थिए । जितेर गएपछि कम्युनिस्टहरूले गाउँको समस्या समाधानमा कुनै ध्यान नदिएको स्थानीयले बताएका छन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खनालले बंगलाचुलीको विकासको जिम्मेवारी कांग्रेसले लिने बताए । उनले बंगलाचुलीमा समस्या भयो भने आफू कुनै पनि समय उपस्थित हुने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू हरिशंकर पुरी, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारी, महाधिवेशन प्रतिनिधि तेजबहादुर बिक, बंगलाचुलीका उप–सभापति शिवलाल परियार, सदस्य रुक्मणि पुलामी, दोर्ण केसी, दासबहादुर डाँगी, नुमबहादुर डाँगी, पारस डाँगी, पदम डाँगी, बिक्रम डाँगी, वीरेन्द्र खत्री, भोजराज डाँगी, बेगम डाँगी, खगराज डाँगी, नेत्र डाँगी, कृष्ण डाँगी, टेकबहादुर डागीलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2021 February 17, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया