निरिह बन्यो ओलीको कम्युनिस्ट सरकार, चिकित्सकहरूले पेलेरै शुल्क बढाए

काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बिरामीको चेकजाँचको शुल्क बढाएका छन् ।

संघ र अफिनले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर चिकित्सकहरूको शुल्क बढाउने निर्णय भएको जनाएका हुन् । यो निर्णयले बिरामीहरू मर्कामा परेका छन् ।

संघ र अफिनको संयुक्त बैठकपछि शुल्क बढाउने निर्णय भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा संघ र अफिनले शुल्क बढाउने निर्णय भएको जनाएका छन् । मन्त्रालयसँग माघ ४ गते सम्झौता भएको थियो ।

संघ र अफिनले पाँच वर्षसम्म अनुभव भएका एमबीबीएस गरेका चिकित्सकले ३ सय ७० रुपियाँ लिन पाउने निर्णय गरेका छन् । पाँच वर्ष बढी अनुभव भएका एमबीबीएस डाक्टरले ४ सय ५० लिन पाउनेछन् ।

एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ ।

खड्गप्रसाद ओलीको सरकारले संसद भङ्ग गरेर चुनाव घोषणा गरेका बेला चिकित्सकहरूले समेत शुल्क बढाएका छन् । यो निर्णयले बिरामीहरू मर्कामा पर्नेछन् ।

ओलीको कम्युनिस्ट सरकारले मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । एक हप्ताभित्र दुई पटक ओली सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिसकेको छ ।

Published : Wednesday, 2021 February 17, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया