जम्मा २७ भोट पाएको मल्लरानी–२ मा मध्यराति पस्यो कांग्रेस, भत्काइदियो लाल किल्ला

मल्लरानी । प्यूठान जिल्लामा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

‘गाउँमै जाउँ, गाउँमै रमाऔँ’ अभियानअन्तर्गत आइतबार राति करीव सात बजे मल्लरानी गाउँपालिका– २, सिउतेमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा जनमोर्चा परित्याग गरेर आएका नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरिएको कांग्रेस नेता डा.गोविन्द पोखरेलले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व क्षेत्रीय सदस्य फनबहादुर पुन, कांग्रेसका नेता लीलाबहादुर घर्ती, रामबहादुर थापा, जिल्ला सदस्य रमेश श्रेष्ठ, मल्लरानी गाउँपालिका नेपाली कांग्रेसका उप–सभापति देवराज पौडेल, वडा सभापतिहरू युवराज पौडेल, हिमालबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।

जनमोर्चाका २३ जना स्थानीय लोकप्रिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

जनमोर्चाका कतिपय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपनि खुलेका छैनन् । जनमोर्चाका कार्यकर्ताहरूले समय आउँदा खुलेरै कांग्रेसलाई साथ दिने बचन दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा मल्लरानी गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारले जम्मा २७ भोट पाएका थिए ।

जनमोर्चाले आफ्नो किल्ला ठान्ने मल्लरानी– २ सिउतेमा कांग्रेसले आइतबारदेखि आफ्नो झण्डा गाढेको छ ।

जनमोर्चाले लाल किल्ला ठान्ने मल्लरानीलाई कांग्रेसले आइतबार रातिदेखि किल्ला भत्काइदिएको छ ।

प्यूठान जिल्ला कम्युनिस्टहरूको उद्गमस्थल मानिन्छ । मोहनविक्रम सिंह, मोहन वैद्यलगायतका कम्युनिस्टहरूको गुरु प्यूठानकै हुन् ।

प्यूठान जिल्लामा नेपाली कामजोर मानिन्छ । कम्यनिस्टहरू भ्रष्ट भएपछि गाउँका कार्यकर्तामा कांग्रेसप्रति आकर्षण बढ्न थालेको छ ।

प्यूठानमा कांग्रेसले क्रमशः आफूलाई बलियो बनाउँदै लगेको छ । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका डा.गोविन्द पोखरेलले कम्युनिस्टसँगको मतअन्तरलाई भारी संख्यामा घटाएका थिए ।

प्रतिनिधि सभा निर्वाचनमा जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले तत्कालएन एमाले र माओवादीको भोट पाएर निर्वाचित भएकी थिइन् । पौडेल नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहकी कान्छी पत्नी पनि हुन् ।

डा.पोखरेलले प्यूठानमा विकासको बाढी बगाइदिएका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका बेला डा.पोखरेलले दाङको भालुबाङ–प्यूठान–बागलुङ हुँदै मुस्ताङ जोड्ने ठूलो बाटोको योजना पारेका थिए ।

डा.पोखरेलले विकास गरेको देखेपछि गाउँका कम्युनिस्ट कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।

Published : Monday, 2021 February 15, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया