देउवासहितका यी नेताहरू सोमबारको ‘हिरो’, को–कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभरि खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध विरोध प्रदर्शन गर्दैछ ।

ओली सरकारले प्रतिनिधि सभा भङ्ग गरेपछि कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर प्रदर्शन गर्दै आएको छ । कांग्रेसले फागुन ३ गते सोमबार देशभरि विरोध सभा र जुलुसहरू गर्न लागको छ ।

सभापति शेरबहादुर देउवाले रुपन्देहीको भैरहवामा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । सोही सभामा कांग्रेस नेता बालकृष्ण खाँणले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङको विरोध सभालाई सम्बोधन गर्नेछन् । महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य दीपक गिरीले दाङको घोराहीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

सह–महामन्त्री डा.प्रकाशशरण महत र पूर्वसांसद राजिव शाहीले सिरहामा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरको जावलाखेलमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले ललितपुरको सभालाई सम्बोधन गर्नेछन ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले धनगढीको विरोध सभालाई सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले रौतहटको गौरमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको विरोध सभालाई सम्बोधन गर्नेछन् । सोही कार्यक्रमलाई केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय सदस्यद्वय सरिता प्रसाइँ र गगन थापाले चितवनको भरतपुरमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले काठमाडौंको विरोध सभालाई सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पोखरामा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भक्तपुरमा हुने विरोध सभालाई केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य शंकर भण्डारीले ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्नेछन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाको विरोध सभालाई सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य एनपी साउदले दार्चुलाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । डा.मीनेन्द्र रिजालले प्यूठानमा सम्बोधन गर्नेछन् ।

नेता डा.रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य कल्याण गुरुङले रोल्पाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते कम्युनिस्ट सरकारविरुद्ध विरोध प्रदर्शन गरिसकेको छ ।

Published : Sunday, 2021 February 14, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया