ओलीको कार्यक्रम नजिकै खाणद्वारा सरकारी नेकपाका सयौँ कार्यकर्तालाई कांग्रेसमा स्वागत

तिलोत्तमा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले आफ्नै पार्टीबाट लखेटिएका कम्युनिष्टहरूले जनता सबैभन्दा ठूलो हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस तिलोत्तमाले तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ मा ट्रेड युनियन गठन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै खाणले कम्युनिस्टहरू विश्वबाट पतन भइसकेको बताए । उनले नेपालमा मात्रै कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाएको बताएका छन् ।

नेता खाणले नस्पाती र आँपको उदाहरण दिादै भने, ‘फलफूल त फलफूल नै हो । तर स्वादमा फरक भए झै नेपाली कांग्रेस र कम्युनिष्टमा स्वाद फरक छ ।’

‘जनतालाई मालिक मान्ने पार्टी नेपाली कांग्रेस हो’, उनले भने, ‘कम्युनिष्टहरू संविधानमा मेरो सरकार भन्ने नलेखिएता पनि प्रधानमन्त्री र राष्ट्रपतिले मेरो सरकार भनेको जानिबुझी सुविचारी ढंगले भनिएको छ ।’

कांग्रेस नेता खाणले मुलुकको राष्ट्रिय राजनीतिकमा केपी ओलीलाई साथ दिनुभनेको हजारौँ जनताले वलिदान दिनुभएको बताए । उनले कम्युनिस्टको राजनीतिमा लाग्दा सोँच बिचार गरेर मात्रै लाग्न अनुरोध गरेका छन् ।

‘जनताको विश्वास गुमाएको कम्युनिष्ट सरकारप्रति नेपाली जनता आत्तिएका छन्’, नेता खाणले भनेका छन् ।

उनले कामचलाउ कम्युनिस्ट सरकारले दीर्घकालीन खालका कुनै पनि निर्णय गर्न नपाउने बताएका छन् ।

उनले ओलीलाई प्रधानमन्त्रीमा लम्ब्याउनु भनेको फेरि देश निरंकुसतातिर धकेल्नु भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस तिलोत्तमा नगरपालिका– १४ मा यमबहादुर बुढाथोकी अध्यक्षमा चयन भएका छन् ।

विष्णु पाण्डे उपाध्यक्ष, सुकमाया गुरुङ महिला उपाध्यक्ष, वलिराम सापकोटा सचिव, कृष्ण केवट कोषाध्यक्ष, विकास परियार, राजु हरिजन, सावित्री थापा, हीराबहादुर थापा र मनोज चौधरी कार्यसमितिमा चयन भएका छन् ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ मा नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कृष्ण वस्याल चयन भएका छन् ।

नरेन्द्र राना उपाध्यक्ष, सरस्वती भट्टराई महिला उपाध्यक्ष, हेमा भण्डरी सचिव, किरण राना सह–सचिव, सूर्य थारु कोषाध्यक्ष तथा सदस्यहरूमा किशोर कुमाल, बासुदेब कुमाल, पूजा गुरुङ र प्रतीक्षा बस्याल चयन भएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू रामचन्द्र ढकाल, प्रदेश संसद रमा अर्याल, देवी चौधरी, लक्ष्मण सुवेदी, हरिलाल पाण्डे, नारायण ढकाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ का नेकपाका २५० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेता खाणले पार्टीमा स्वागत गरेका हुन् ।

कम्युनिष्ट सरकारको तानाशाही प्रवृतिबाट नागरिकले दुःख पाएको भन्दै उनीहरूले कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

रुपन्देहीको बुटवलमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले लुम्विनी प्रदेशस्तरीय जनसभा गरेको थियो ।

केही मिटनको दुरीमा सरकारी नेकपाले जनसभा गरिरहेका बेला तिलोत्तमामा कांग्रेस नेता खाणले ओलीका कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका थिए ।

Published : Saturday, 2021 February 13, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया