विदेशमा रहेका नेपालीहरूलाई कांग्रेसमा समाहित गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्यहरूलाई मनोनय पत्र दिएका छन् ।

बुढानिलकण्ठस्थित निवासमा शनिबार आयोजित विशेष कार्यक्रममा सभापति देउवाले विभागका पदाधिकारी र सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

देउवाले विभागलाई विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई क्रियाशील बनाउन र जनसम्पर्क समितिहरू नरहेका देशमा समिति बनाउन दिर्नेशन दिएको विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

‘सभापतिज्यूबाट विदेशमा रहेका नेपालीहरूलाई पार्टीमा समाहित गरि जनसम्पर्क समितिहरूलाई समन्वयात्मक रुपले अगाडि बढाउन बिभागीय प्रमुखसहित सम्पूर्ण सदस्यहरूलाई निर्देशन भएको छ’, भट्टराईले भनेका छन् ।

विभागका प्रमुख भट्टराईले सभापतिको निर्देशानुसार जनसम्पर्क समितिहरूमा देखिएका विवादलाई समाधन गरेर अधिवेशनहरू गरिने बताए ।

कार्यक्रममा विभागका प्रमुख भट्टराई, सदस्यहरू विमल ढकाल, प्रज्ञान न्यौपाने, कृष्णप्रसाद सापकोटा, जानकीलाल बस्नेतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 February 13, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया