ओली र कम्युनिस्टको सर्वसत्तावादविरुद्ध आन्दोलनमा छौँः डा.महत

बुटवल । नेपाली कांग्रेसका सह–महमन्त्री डा.प्रकाशशरण महतले संसद भङ्ग भएको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै पार्टीका नेता कार्यकर्ताहरू भ्रममा पर्न आवश्यक नरहेको बताएका छन् ।

बुटवल नगरपालिकाको वडा नं. ६ मा कांग्रेसको वडा कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सह–महामन्त्री डा.महतले संसद भङ्ग भएकै दिन असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदम भनेर टिप्पणी गरेको बताए ।

उनले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसलालाई कांग्रेसले मान्ने बताए ।

‘हामी भ्रम पर्नु हुँदैन । संसद भङ्ग भएको विषयलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । केपी ओलीको सर्वसत्तावादी कदम हो भनेका छौँ’, डा.महतले भने, ‘संसद भङ्ग भएपछि विरोध गर्न भनेर कांग्रेस सडकमा उत्रिएको छ ।’

‘केपी ओली र प्रचण्डको कुरा सुनेर हामी कन्फ्युजनमा पार्नु हुँदैन’, उनले भने, ‘कसैले पनि कन्फ्युजनमा पार्ने काम गर्नु हुँदैन । पार्टीले सर्वसम्मत निर्णय गरेको कम्युनिस्टहरूको तीन वर्षे सर्वसत्तावादविरुद्ध सडकमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।’

उनले भनेका छन्, ‘तीन वर्षको कम्युनिस्टको सर्वसत्तावादको विरोधमा निर्णय गरेको छ । त्यसको विरोधमा सिलसिला रुपमा विरोध कार्यक्रम गरेका छौँ ।’

‘कंग्रेसको यो आन्दोलन तीन वर्षे कम्युनिस्ट सर्वसत्तावादका विरुद्धको हो । कांग्रेस वडा तहसम्म पुग्ने काम भएको छ’, डा.महतले भने, ‘६ हजार वडाहरूमा हामी पुगेका छौँ । ती मान्छे जोड्ने हो भने ओली–प्रचण्डको भन्दा कयौँ ज्यादा मान्छे कांग्रेसका छन् ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले ओली–प्रचण्डले निःशुल्क खाना र बसको सुविधा तथा एक–एक हजार दिएर कार्यक्रममा ल्याइएको छ ।

‘यसरी गर्ने कार्यक्रमलाई आन्दोलन भन्छन् र ?’, उनले भने, ‘कम्युनिस्टले लाखौं रकम तिरेर मान्छे सडकमा ल्याएका छन् ।’

कम्युनिस्ट सर्वासत्तावादलाई जनतामा पुर्‍याउने काम गर्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘निर्वाचनमा जाने कि संसद पुनःस्थापना गर्ने भन्ने निर्णय हाम्रो होइन । त्यसको निर्णय गर्ने अधिकार हामीले संविधान बनाउँदा सर्वोच्च अदालतलाई दिएका छौँ ।’

‘सर्वोच्च अदालतले दिने फैसलामा चित्त नबुझ्न सक्छ । त्यसमा हाम्रो दृष्टिकोण राखौँ । हामीले विरोध गरेका छौँ’, डा.महतले भने, ‘हाम्रो कुरा हामीले राम्रोसँग राखेका छौँ । यसको फसैसला चाँढोभन्दा चाँढो सर्वोच्च अदालतले गर्नुपर्छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महलते भने, ‘संसद भङ्गसम्बन्धी विषयमा सर्वोच्च अदालतको अन्तिम फैसलालाई कांग्रेसले मान्ने हो ।’

संसद पुनःस्थापना भयो भने कम्युनिस्टहरूकै बहुमत हुने उनले बताएका छन् । डा.महतले तीन वर्षको कम्युनिस्टको बेथितिको भागिदार बन्न कांग्रेस सरकारमा जान नहुने आफ्नो भनाइ रहेको बताएका छन् ।

‘संसद पुनःस्थापना भएपछि बन्ने सरकारमा कांग्रेस जानै हुँदैन भन्छु म’, उनले भने, ‘कम्युनिस्टहरूनै बहुमतमा छ । सरकारमा जान हुँदैन । कम्युनिस्ट सत्ता सञ्चालन गर्नुपर्छ ।’

संसद पुनःस्थापना भयो भने पनि साढे एक वर्षपछि उसैले चुनाव गर्नुपर्ने डा.महतले बताए ।

संसद पुनःस्थापन भएन भने चुनाव तोकिएको समयमा हुनुपर्ने उनले बताएका छन् । निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका रहेको उनले बताए । निर्वाचन गराउन सडकबाट कांग्रेसले दवाव दिनुपर्ने बताए ।

सह–महामन्त्री डा.महतले पार्टीका नेताहरूलाई मात्रै गाली गरेर नहुने बताएका छन् । ‘एकले अर्कालाई गाली गर्ने हो भने कांग्रेस कमजोर हुन्छ । कांग्रेसका विषयमा गर्व गरौं’, उनले भने, ‘पार्टीभित्र केही कमीकमजारी छ भने सुधार गरौँ ।’

कार्यक्रममा बुटवल कांग्रेसका नेताहरू कम्युनिस्ट सरकारले संसद भङ्ग गरेको विषयमा पार्टीभित्र एकमत नदेखिएको भन्दै चिन्ता जनाएका थिए ।

Published : Saturday, 2021 February 13, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया