कांग्रेसले भागरथी प्रकरणलाई निर्मला काण्ड बन्न नदिने, घटनास्थाल गयो टोली

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले भागरथी भट्टका दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाही माग गरेका छन् ।

बिहीबार नेता लेखकले गृहमन्त्री रामबहादुर थापासँग सिंहदरबारमा भेट गरेर भट्टका दोषी एकहप्ता हुँदासमेत पक्राउ नपरेको भन्दै अनुसन्धान प्रक्रियालाई तीब्रताका साथ अगाडि बढाउन माग गरेका हुन् ।

घटनाको अनुसन्धान र छानविनका लागि केन्द्रबाट विज्ञसहितको उच्चस्तरीय टोली खटाउन गृहमन्त्री थापासँग आग्रह गरेको लेखकका सहयोगी जनक भट्टले जानकारी दिए ।

कांग्रेस नेता लेखकको सुझावलाई गृहमन्त्री थापाले सकारात्मक रुपमा लिएको आश्वासन दिएका छन् । थापाले भट्टका दोषीलाई कुनै छुट नदिइने बताए ।

बैतडी जिल्लाको दोगडाकेदारमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भट्टको हत्या भएको थियो । प्रहरीले अनुसन्धान गरेपनि अहिलेसम्म एकजना दोषीलाई पनि पक्राउ गर्न सकेको छैन । प्रहरी ठूलो दवावमा परेको छ ।

घटनाका सम्बन्धमा स्थलगत भ्रमण गरि घटनाबारे जानकारी लिन कांग्रेसको केन्द्रीय कार्यसमितिबाट केन्द्रीय प्रतिनिधिको रुपमा लेखक बैतडीमा खटाएका छन् । लेखकको टोलीले प्रतिवेदन बनाएर ल्याउनेछ ।

बैतडी जानुभन्दा अगाडि नेता लेखकले गृहमन्त्री थापासँग भेट गरेर जानकारी गराएका छन् ।

गृहमन्त्री थापासँगको भेटमा नेता लेखकका साथै बैतडी कांग्रेसका पूर्व सभापति शिवराज भट्ट, पाटन नगरपालिकाका नगर प्रमुख केशवबहादुर चन्द, महासमिति सदस्य उत्तरबहादुर ऐर, महाधिवेशन प्रतिनिधि ई।दिनेश भट्ट र नेविसंघका पूर्व केन्द्रीय सदस्य जनक भट्टको उपस्थिति रहेको थियो ।

कांग्रेस नेता लेखकले घटनाको सत्यतथ्य अध्ययन गरेर रिपोर्ट बनाउनेछ । कांग्रेसले भट्टका दोषीलाई कारबाही गर्न दवाव सिर्जना गर्नेछ ।

कांग्रेसले बैतडीको बलात्कार र हत्या प्रकरणलाई गम्भीर रुपमा लिएको छ । कांग्रेस गम्भीर भएका कारण लेखकको नेतृत्वमा समिति बनाएर घटनास्थलमा पठाएको छ ।

लेखकको टोलीले पीडित, स्थानीय सुरक्षाकर्मी र प्रशासनसँग भेटघाट गर्नेछ ।

Published : Friday, 2021 February 12, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया