ओलीको शक्तिशाली योजनाको कांग्रेस नेता खतिवडाद्वारा भण्डाफोर, यस्तो छ सरकारी कम्युनिस्टको योजना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकार चुनाव भाँड्न लागेको आरोप लगाएका छन् ।

खतिवडाले बिहीबार ट्वीट गर्दै वैशाखको निर्वाचन भाँड्न आफ्नै पार्टीको नेतालाई पक्राउ गरेर परिस्थिति भाँड्न लागेको आरोप लगाएका हुन् । खतिवडाले अभिव्यक्ति दिएवापत नेता पक्राउ गरेर उत्तेजित बनाउन खोजेको बताए ।

‘सरकारनै चुनाव गर्छु भन्दै चुनाव भाड्न लागेको देखियो’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘कहिले आफै जुलुस निकाल्छ । कहिले अभिव्यक्ति दिए बापत अन्य पार्टीका नेतालाई गिरफ्तार गरेर जनमानसमा उत्तेजना ल्याउने काम हेर्दा सरकार वैशाखमा चुनाव गराउन होइन भाड्न लागेको देखिन्छ ।’

उनले भनेका छन्, ‘संविधान फेरि च्यात्ने । वाक स्वतन्त्र संविधानमा उल्लेख छ । बोलेको आधारमा कसैलाई हिरासतमा लानु सरासर गलत छ ।’

‘सरकार संवैधानिक हकमा हनन् नगर । सधैं कोही सत्तामा रहिरहन्न’, उनले चेतावनी शैलीमा भनेका छन्, ‘चिडियाखानामा एकदिन गृहमन्त्री आफैं जाने दिन आउन सक्छ । समयमै सबैलाई बुद्धि प्राप्त होस ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलाई ओली सरकारले गिरफ्तार गरेर छाडेको विषयमा कांग्रेस नेता खतिवडाले आलोचनात्मक टिप्पणी गरेका हुन् । निर्वाचन भाँड्न ओलीको कामचलाउ सरकार लागेको उनले बताए ।

Published : Thursday, 2021 February 11, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया