यसरी देखाउँछन् कम्युनिस्टले औकात, प्रचण्ड–माधवको सभामा हिन्दूधर्मको विरोध, क्रिश्चियनहरू खुसीले गदगद

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले हिन्दु धर्मलाई होच्याउने गरेर अभिव्यक्ति दिएका छन् ।

पन्तको अभिव्यक्तिले हिन्दु धर्ममा आस्था राख्नेहरू रिसाएका छन् ।

नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा पन्तले पशुपतिनाथप्रति अनादर भाषा प्रयोग गरेका हुन् । उनले राजा वीरेन्द्रको वंश र राजा ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिनाथले केपी ओलीलाई जोगाउन नसक्ने बताएका छन् ।

नेकपाका नेता पन्तले भने, ‘सधैँ सम्बोधन गर्दा सम्बोधनको अन्तिममा पशुपतिनाथले सबैको कल्याण गरुन भन्ने वीरेन्द्र र ज्ञानेन्द्रलाई जोगाउन नसकेको पशुपतिनाथले ओलीलाई जोगाउन सक्दैनन् ।’

‘प्रधानमन्त्री केपी ओली धेरैपछि पशुपतिनाथ जानुभयो’, उनले भने, ‘रुद्राक्षको माला लगाएर निस्कनुभयो ।’

नेता पन्तले भने, ‘त्यहाँ गएर के बरदान माग्नु भयो थाहा छैन । एक अर्ब लाग्ने पशुपतिको जलारी राख्न २० करोड निकास अहिले नै गर्ने बताउनुभयो ।’

‘मलाई राजा वीरेन्द्रको सम्झना भयो । बोल्दा अन्तिममा उनी सधै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे’, उनले भने, ‘सधैँ पशुपतिनाथले गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो । पशुपतिले कल्याण गरेनन् ।’

‘राजा ज्ञानेन्द्रले सम्बोधनमा अन्तिममा पशुपतिनाथले कल्याण गरुन भन्थे’, पन्तले भने, ‘पशुपतिनाथले राम्रै कल्याण गरे नारायणहिटीबाट नागार्जुन पुर्‍यायो ।’

नेकपाका नेता पन्तले नबोल्ने पशुपतिनाथको मूर्तिलाई भन्दा जनतालाई खुसी पार्न सुझाव दिएका छन् ।

‘पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंश नाश हुने थिएन । सधैँ पशुपति गुहार्ने ज्ञानेन्द्रले गद्दी छोडेर जानुपर्ने थिएन’, पन्तले भने, ‘ओलीजी सुन्नुहोस् । त्यहा नबोल्ने पशुपतिनाथको मूर्ति होइन यहाँ बोल्ने पशुपतिनाथहरूलाई खुसी बनाउनुहोस् । जो यहाँ उपस्थित छन् ।’

ललितपुरबाट कम्युनिस्टको राजनीति गर्दै आएका पन्तले हिन्दु धर्मप्रति दिएको अभिव्यक्तिले हिन्दु धर्मका अनुयायीहरूलाई ठेस पुगेको छ । पन्तको अभिव्यक्तिले क्रिश्चियन धर्म मान्नेहरू खुसी भएको चर्चा छ ।

Published : Wednesday, 2021 February 10, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया