दाहाल–नेपालको विरोध सभामा ‘ड्रोन’ खस्यो, कार्यकर्ताहरूको भागाभाग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले पार्टी विभाजन गरेका पुष्पकमल दाहाल–माधव नेपाल समूहले आयोजना गरेको विरोध सभामा ड्रोन खासेको छ ।

बुधबार काठमाडौंको प्रदर्शनीमागमा गरिएको विरोध सभामा ड्रोन खसेको कार्यक्रमका उद्घोषक एवम दाहाल–नेपाल समूहका नेता लीलामणि पोखरेलले जानकारी दिए । उनले भने, ‘यो विरोध सभाको भिडियो र फोटो खिच्न ड्रोन प्रयोग गरिएको छ । त्यो ड्रोन खसेको छ ।’

ड्रोन खसेको स्थानमा भागभाग भएको थियो । ड्रोनबाट डराएका दाहाल–नेपालका कार्यकर्ताहरू आफू बसेको ठाउँबाट उठेका थिए ।

दाहाल–नेपाल समूहले काठमाडौं उपत्यका बाहिरबाट बसमा मानिसहरू ल्याएका छन् । काठमाडौं ल्याइएका कार्यकर्ताहरूलाई दाहाल–नेपाल समूहले पार्टी प्यालेसहरूमा खान पकाएर खुवाएका छन् ।

विरोध सभा गर्नुभन्दा अगाडि राजधानीका विभिन्न स्थानबाट विरोध जुलुसहरू निकालिएको थियो । विरोध जुलुसको नेतृत्व दाहाल–नेपालसहितका नेताहरूले गरेका थिए ।

Published : Wednesday, 2021 February 10, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया