संविधानमा केही कमजोरी छ, संशोधन गर्न सकिन्छः कांग्रेस नेता खाँण

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विघठित प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानमा केही कमजोरीहरू रहेको भन्दै संशोधन गरेर जान सकिने बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर– ३ भैरहवाको जेसीआई सिद्धार्थ लेडी सिद्धार्थनगरको २५औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै खाँणले संविधानमा केही कुराहरू धेरै राम्रा रहेको बताए । ‘संविधानमा केही कमीकमजोरी छन्’, उनले भने, ‘केही कुराहरू धेरै राम्रा पनि छन् ।’

संविधानमा बहुदलीय आधारमा आफ्ना विचारलाई जनतामा स्थापित गर्न सकिने व्यवस्था धेरै राम्रो रहेको उनले बताएका छन् ।

उनले भने, ‘विचारको आधारमा संगठन निर्माण गर्न सकिन्छ । जनताबाट जनादेश पाउन सक्छन् ।’
जेसीआईमा लागेका व्यक्तिहरूको शिष्टता राम्रो हुने गरेको उनले बताएका छन् ।

‘व्यक्तिको स्वतन्त्रतालाई महत्व दिइएको हुन्छ । राज्यले व्यक्तिको असीमित क्षमतालाई रोक्नु हुँदैन’, उनले भने, ‘क्षमताको भरपुर उपयोग गर्नुपर्छ ।’

कांग्रेस नेता खाँणले मानवअधिकार, प्रजातन्त्रको प्रत्याभूतिले नै समाज अनुशासित बन्ने बताए । उनले भने, ‘प्रजातन्त्र राजनीति मात्र होइन । व्यक्तिगत उतार चढावसँग पनि महत्व राख्छ ।’

पूर्वसांसद इस्तियाक अहमद खानलगायतले जेसीआईको महत्व आफ्नै खालको रहेको बताए । उनले समाजलाई अनुशासित राख्न जेसीआईले महत्व विशेष भूमिका खेलेको बताएका छन् ।

Published : Monday, 2021 February 8, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया