प्रचण्ड–माधववाला कम्युनिस्टको पुच्छर बन्न देउवालाई पौडेल–सिटौलाको दवाव

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको कित्तामा जान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दवाव परेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई प्रचण्ड–माधव समूहको पछाडि लागेर आन्दोलन गर्न दवाव दिँदै आएका छन् । सभापति देउवा प्रचण्ड–माधव हुन् वा प्रधानमन्त्री केपी ओली कसैसँग मिल्ने पक्षमा छैनन् ।

पौडेलले संवैधानिक आयोगमा पदाधिकारी र राजनीतिक नियुक्तिहरूका विषयमा पार्टीको धारणा बनाउन तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको पछि कांग्रेसभित्रको विवाद पुनः देखिएको छ ।

सभापति देउवालाई फोन गरेर पौडेलले बैठक बोलाउन आग्रह गरेका हुन् ।

बैठकका बारेमा सभापति देउवाबाट प्रस्ट जवाफ नआएको पौडेलले बताएका छन् । स्रोतका अनुसार संवैधानिक नियुक्तिहरूमा संविधानले व्यवस्था गरेअनुसार ओलीले प्रमुख विपक्षी दल कांग्रेसलाई भाग दिएका छन् । कांग्रेसको तर्फबाट पनि संवैधानिक निकायमा नियुक्तिहरू पाएका छन् ।

संवैधानिक निकायलाई ब्यालेन्समा राख्न संविधानले नै प्रमुख प्रतिपक्ष दललाई केही संख्या दिएको छ ।

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा पार्टीले औपचारिक धारणा नल्याएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह असन्तुष्ट छ ।

Published : Friday, 2021 February 5, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया