यी हुन् ‘भाते’ कम्युनिस्टहरू, औकात नभएका मेयर–मन्त्री–मुख्यमन्त्री, रेणुको लाज लाग्ने हर्कत

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेपाल बन्द गराउन आएका नेता कार्यकर्तालाई दाल, भात, मासु खुवाएका छन् ।

कार्यकर्ताको स्तरअनुसार दाहाल–नेपाल समूहले खाना खुवाएका हुन् । कसैलाई मासु र भात खुवाएका छन् । कसैलाई दाल र भात खुवाएका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दाहाल–नेपाल समूहले मेस चलाएर खाना खुवाएका हुन् । खान खुवाउन दाहाल–नेपाल समूहले पैसा कहाँबाट ल्याएका हुन् केही भनेका छैनन् ।

दाहाल–नेपाल समूहले आन्दोलनका नाममा करोडौं रुपियाँ चन्दा उठाएको आरोप पनि लागेको छ ।

बन्द सफल बनाउने बहानामा दाहाल महँगो गाडी चढेर हिँडेका छन् । माधवकुमार नेपाल स्कुटर चढेर हिँडेका छन् ।

बन्द गराउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, बागमती प्रदेशका मन्त्री युवराज दुलाल, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहितका व्यक्तिहरू पदीय हैसियत भुलेर सडकमा आएका छन् ।

जनतालाई घरमा थुनेर प्रचण्डकी छोरी समेत रहेकी रेणु दाहाल बन्द गराउन हिँडेकी हुन् ।

Published : Thursday, 2021 February 4, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया