राईसँग डराएर सडकमा उत्पात मच्चाउँदै कम्युनिस्ट दाहाल–नेपाल समूह

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले काठमाडौं उपत्यकासहित देशभरि बन्दका नाममा उत्पात मच्चाएका छन् ।

बन्द गराउने नाममा सडकमा उत्रिएका नेता कार्यकर्ताले पसलमा तोडफोड गर्ने, तरकारी खोसेर सडकमा फाल्ने, गाडी चलाउने, जनतालाई दुःख दिने जस्ता हर्कतहरू गरेका छन् ।

दाहाल–नेपाल समूहका कार्यकर्ताले एम्बुलेन्समा पनि तोडफोड गरेका छन् । गन्तव्यमा जान हिँडेका मानिसहरूलाई नेकपाका कार्यकर्ताले सडकमा अबरोधहरू गरेका छन् ।

पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टी विभाजन गरेका दाहाल–नेपाल समूहले बिहीबार नेपाल बन्दको आह्वान गरेका छन् । दाहाल–नेपाल समूहको बन्दको विरोध भएको छ ।

आफ्नै पार्टीको सरकार ढाल्न र राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन खोजेका दाहाल–नेपाल समूहले विशेष गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्तिलाई लिएर असन्तुष्टि जनाएको छ ।

दाहाल–नेपाल समूहले अख्तियारमा प्रेम राईलाई रोक्न खोजेका थिए । राईलाई रोक्न नसकेपछि दाहाल–नेपाल समूह नेपाल बन्दको सहारा लिएर सडकमा उत्रिएको छ ।

Published : Thursday, 2021 February 4, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया