कांग्रेस जस्तो आज्ञाकारी बन्न सक्दैनौँ काला कम्युनिस्टहरू ?

काठमाडौं । आन्दोलन गरेन भनेर धेरैले नेपाली कांग्रेसको आलोचना गरे । कांग्रेसले सधैँ जनताको हित र सेवालाई ध्यान दियो । जनताले पाँच वर्षका लागि प्रतिपक्ष बनेर बस्न निर्देशन दिएका छन् भनेर आफूलाई रचनात्मक भूमिकामा केन्द्रित बनायो ।

कांग्रेसले तीन वर्षसम्म बन्द, हड्ताल जस्ता जनतालाई असर पर्ने खालका कुनै पनि आन्दोलन गरेन । संसदमा कांग्रेसले कहिल्यै पनि कुर्सी भाँचेन, अर्थ मन्त्रीको हातबाट बजेट खोसेर च्यातेन, ब्रिफकेश फोडेन । कांग्रेसलाई सबैले आलोचना गरे । कांग्रेसको लोकतान्त्रिक संस्कारलाई कसैले बुझेनन् । कांग्रेसले सधैँ राष्ट्र र जनताको पक्षमा काम गर्‍यो ।

कांग्रेसले देश र जनताको पक्षमा काम गरेको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भएको छ ।
जनताले तत्कालीन एमाले र माओवादीलाई झुण्डै दुईतिहाइ बहुमत दिए । त्यो बहुमतले मात्तिएका कम्युनिस्टहरूले जनतालाई सुख, सुविधा दिन सकेनन् । बरु आफूभित्रै लडेर प्रतिनिधि सभा भङ्ग गर्न पुगेका छन् । कम्युनिस्टहरू लोकतान्त्रिक हुँदैनन् भन्ने कुरा पुष्टि गरेका छन् ।

अहिले आएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल बन्दको आह्वान गरेका छन् । उनीहरूले पार्टीभित्रको आन्तरिक द्वन्द्व र आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

कोरोना महामारीले थिलोथिलो बनेको मुलुकलाई कम्युनिष्टहरूले बन्द आह्वान गरेर झन् थिलोथिलो बनाएका छन् । कम्युनिस्टहरू आफ्नो स्वार्थका लागि जे पनि गर्छन् भन्ने कुरालाई पुष्टि गरेका छन् । कम्युनिस्टहरू अधिनायकवादी र व्यक्तिवादी हुन् भन्ने स्पष्ट भएको छ ।

सत्ताभन्दा बाहिर पुग्नेवित्तिकै कम्युनिस्टहरूले उत्पात मच्चाउन थालेका छन् । उत्पात मच्चाएका छन् । कांग्रेसलाई सत्ताको लोभी भन्ने कम्युनिस्टहरूले सत्ताबाट बाहिर हुनेवित्तिकै नेपाल बन्दसहितका जनताको हितविपरितका हर्कत गरेका छन् ।

कांग्रेसले तीन वर्षसम्म देखिाएको लोकतान्त्रिक चरित्रलाई कम्युनिस्टहरूले सिक्न सकेनन् । भ्रष्टाचार, अराजकता, कमिशन, राष्ट्रहित विपरितका कार्य गर्दै आएका कम्युनिस्टले अब रेलिङ भाँच्ने, सडक भत्काउन, सरकार सम्पत्ति नोक्सान गर्ने जस्ता हर्कत गर्नेछन् । त्यो हर्कत गर्न पनि शुरु गरेका छन् । कम्युनिस्टहरूको यो हर्कतलाई कुनै पनि जनताले स्वीकार गर्ने छैनन् ।

कांग्रेस भनेको सधैँ कम्युनिस्टभन्दा सयौँ गुणा राम्रो हुन्छ भन्ने सन्देश तीन वर्षको समयमा दिएका छन् ।

बिगतमा कम्यनिस्टहरूले संसदमा कुर्सी भाँचेका थिए । अर्थ मन्त्रीको बजेट रहेको ब्रिफकेश खोसेका थिए । नेपाल बन्ददेखि आमहड्ताल र जनतालाई दुःख दिने आन्दोलन गरेका थिए । कांग्रेसले कम्युनिस्टका ती गलत कुरालाई कहिल्यै पनि सिको गरेन ।

Published : Wednesday, 2021 February 3, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया