चितवनको खैरहनीमा कांग्रेसले झण्डै दुईतिहाइले जित्यो, जिल परे प्रचण्ड–रेणु, छक्कै परे ओली

भरतपुर । चितवन जिल्लास्थित उद्योग वाणिज्य संघ खैरहनीमा नेपाली कांग्रेस निकटका दीपेन श्रेष्ठ ‘हीरा’ले अत्याधिक मतसहित निर्वाचित भएका छन् ।

श्रेष्ठ नेतृत्वको लोकतान्त्रिक समूहले संघमा दुईतिहाइभन्दा धेरै पदाधिकारी र सदस्यसहितको पदमा कब्जा जमाएको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । मंगलबार बिहानको अन्तिम नतिजाअनुसार कांग्रेसले १७ मध्ये १५ पदमा जितेर संघमा कब्जा जमाएको छ । कांग्रेसले दुईतिहाइभन्दा धेरै पदमा जितेको छ ।

निर्वाचनमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपालसहितका कम्युनिस्टहरूको प्रगतिशील गठबन्धनले जम्मा दुई सिट जितेको छ । कांग्रेससँग कम्युनिस्टहरूले अध्यक्षसहित सबै पदमा ठूलो मतान्तरले जितेका छन् ।

अध्यक्षमा निर्वाचित कांग्रेस निकटका श्रेष्ठले ७९९ मत पाएका छन् । कम्युनिस्टबाट अध्यक्षमा उम्मेदवार बनेकी शेषकुमार ओलीले ४७६ मत पाएकी छिन् । नेकपा निकटका दुई जना सदस्यले मात्रै जितेका छन् ।

संघको वाणिज्यतर्फ सदस्यहरूमा बिक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् ।

लम्साल र निरौला प्रगतिशील समूहका हुन् । उद्योगतर्फ जगतबहादुर पाण्डे, शंकर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।

उद्योग वाणिज्य संघ खैरहनीको १७ सदस्य कार्यसमितिमा कांग्रेसले अध्यक्ष र सबै पदाधिकारीसहित १५ सिटमा कब्जा जमाएको छ । कांग्रेसले दुईतिहाइभन्दा धेरै सिटमा कब्जा जमाएको छ ।

प्रचण्डले चितवनमा आफ्नो बर्चश्व रहेको दाबी गर्दै आएका छन् । प्रचण्डकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि चितवनमा कम्युनिस्टहरू हाबी रहेको दाबी गर्दै आएकी छिन् । प्रधानमन्त्री ओलीले पनि चितवनलाई आफूहरूको किल्ला ठान्दै आएका छन् ।

प्रचण्डकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित गराएर पछुताएको कांग्रेसले पछिल्लो समय चितवनमा आफ्नो पुरानो पकडलाई कायम गर्न थालेको छ । चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टहरूलाई सबक सिकाउँदै आएका छन् ।

चितवनमा कांग्रेसलाई बलियो बनाएर कम्युनिस्टहरूको पत्तासाफ गर्ने अभियानमा सभापति श्रेष्ठ लागेको कांग्रेस नेताहरूको भनाइ छ ।

Published : Tuesday, 2021 February 2, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया