बर्दियामा कांग्रेसको भव्य प्रदर्शन, छक्कै परे कम्युनिस्टहरू

गुलरिया । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले बर्दियाको गुलरियामा प्रधानमन्त्री केपी ओली र नेकपाको सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमबार भ्रातृ संस्थाहरूको नेतृत्वमा गुलरिया बजारमा प्रदर्शन गरिएको नेपाली कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

संसद विघठन गर्ने ओलीको प्रतिगामी र अधिनायकवादी कार्यशैलीविरुद्ध बर्दियामा प्रदर्शन भएको तिमिल्सिनाले बताए ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने नेताहरूले कम्युनिस्ट अधिनायकवादलाई कांग्रेसले परास्ट गर्नेभन्दै नेकपा र ओली नेतृत्वको सरकारलाई घुँडा टेकाउने चेतावनी दिएको कांग्रेसका युवा नेता तिमिल्सिनाले बताए ।

विरोध सभालाई बर्दिया कांग्रेसका कार्यबाहक सभापति मिथिलाल यादव, नेपाल तरुण दल बर्दियाका अध्यक्ष कृष्णप्रसाद जैसी, नेपाल महिला संघकी अध्यक्ष एवम् गुलरिया नगरपालिकाकी उप–मेयर सुशीला गिरी, नेपाल दलित संघका सभापति भीमलाल बिक, नेपाल किसान संघका सभापति महेन्द्र तिवारी, नेपाल विद्यार्थी संघ (नेविसंघ)का शोभाकामन्त पौडेललगायतले धारणा राखेका थिए ।

Published : Monday, 2021 February 1, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया