कांग्रेस नेताहरू कार्यकर्तासँग सिस्नो–ढिँडो खाने, कम्युनिस्टहरूलाई मार्सी चामल नभइ नहुने

काठमाडौं । कम्युनिस्टहरू व्यक्तिगत स्वार्थ र सत्ताका लागि झगडा गरिरहेका बेला नेपाल तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँण र वर्तमान अध्यक्ष जितजंग बस्नेत गाउँमा कार्यकर्ताहरूसँग डिँढो र सिस्नो खाएर संगठन निर्माण गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका तरुण दलका पूर्वअध्यक्ष खाँण र तरुण अध्यक्ष बस्नेतले शनिबार म्याग्दी जिल्लाको बेनी नगरपालिका– ३ मा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । उनीहरूले नेपाल तरुण दल बेनी नगरपालिका– ३ नयाँ कार्यसमिति समेत बनाएका छन् ।

व्यापारीको घरमा बसेर मार्सी चामल र महँगा मिष्ठान खाएका कम्युनिस्ट नेताहरूले सत्ताका लागि योजना बनाउने गरेका छन् । सर्वहारा जनताको पार्टी भन्ने कम्युनिस्ट नेताहरू विलासी बनेका छन् ।

धनी पार्टी भनेर आरोप लाग्दै आएको कांग्रेसका नेताहरूमा गाउँमा साधारण शैलीमा प्रस्तुत भएर कार्यकर्ताले तयार पारेको ढिँडो र सिस्नो खाएर खुसी हुने गरेका छन् । कांग्रेसका नेताहरू कम्युनिस्टहरू जस्तो ढोँगी छैनन् । कांग्रेस नेताहरू कम्युनिस्टले जस्तो गफ लगाउँदैनन् ।

Published : Sunday, 2021 January 31, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया