प्रचण्ड–माधवको आन्दोलनमा जम्मा दुई सय मान्छे, लाजले भुतुक्कै भए कम्युनिस्टहरू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भङ्ग गरेर निर्वाचन घोषणा गरेपछि सडकमा आएको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले गरेको प्रदर्शनमा थोरै कार्यकर्ताहरू सहभागी भएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा प्रचण्ड–माधव समूहले आइतबार आयोजना गरेको धर्नामा मुस्किलले २ सय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । प्रचण्डको फेसबुक पेजमा राखिएको तस्वीरमा नेता कार्यकर्ताहरू निकै कम उपस्थिति देखिएको छ ।

प्रचण्ड–माधव समूहको आन्दोलनलाई कार्यकर्ताहरूले रुचाएका छैनन् । कार्यकर्ताको न्यून उपस्थिति भएपछि प्रचण्ड–माधव समूहलाई तनाब भएको छ । धर्नाको सुरक्षाका लागि आएका सुरक्षाकर्मी र समाचार लिन आएका सञ्चारकर्मीहरू धेरै देखिएका छन् ।

शुरुका दिनमा धेरै कार्यकर्ता सडकमा उतारेका प्रचण्ड–माधव समूहलाई क्रमशः कार्यकर्ताले छाड्न थालेका छन् ।

झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि नेकपाका नेताहरूको व्यक्तिगत स्वार्थ र अन्तरिक खिचातानीले गर्दा संसद भङ्ग गरेका थिए । नेताहरू मिल्न नसकेर संसद भङ्ग गरेको कुरा बुझेपछि नेकपाका कार्यकर्ताहरू सडक प्रदर्शनमा सहभागी हुन छाडेका हुन् ।

आइतबारको धर्नामा प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Sunday, 2021 January 31, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया