बेनी– ३ मा तरुण गठन, विश्वबाट कम्युनिस्ट पलायन हुँदा नेपालमा प्रभाव बढेको भन्दै खाँण चिन्तित

बेनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपालमा कम्युनिस्टहरूको प्रभाव बढेको भन्दै चिन्ता जनाएका छन् । उनले विश्वभरि कम्युनिस्टको प्रभाव घटिरहेका बेला नेपालमा कम्युनिस्टहरूका प्रभाव बढेको भन्दै चिन्ता जनाएका हुन् ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीले शनिबार आयोजना गरेको वडास्तरीय नेपाल तरुण दल पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले कम्युनिस्टले राष्ट्रहित र जनताको पक्षमा कहिल्यै नहुने बताए । उनले भने, ‘कांग्रेस कमजोर हुँदा कांग्रेसको सरकार नबन्ने मात्र नभइ, कम्युनिस्ट पार्टी बलियो हुँदा राष्ट्रियता कमजोर हुन्छ । कांग्रेस पार्टी कमजोर हुँदा देश र संविधान कमजोर हुन्छ ।’

उनले कम्युनिस्टले जित्दा जनता पनि कमजोर हुने बताए । कम्युनिस्टले जित्दा संविधान विपरितका कार्य भएको उनले बताए । ओलीले प्रधानमन्त्री पदको शपथ लिएकै दिन निरंकशुता शुरु भएको उनले बताएका छन् । ओलीले पत्रकारलाई लेख्न र बोल्न नसक्ने गरेर मिडिया विधेयक ल्याएको बताएका छन् ।

ओलीले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको गरेको भन्दै उनले सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताए । उनले कम्युनिस्ट सरकारले जनताका निजी जग्गा जमीन कब्जा गर्न सक्ने कानून ल्याउन खोजेको आरोप लगाएका छन् ।

‘कम्युनिस्ट पार्टीको शासन मात्रै होइन, कम्युनिस्ट व्यवस्था ल्याउन खोजिएको छ’, कांग्रेस नेता खाँणले भने, ‘ओलीजी अधिनायकवादी यात्रमा लाग्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर प्रतिनिधि सभा भङ्ग गरेको बताएका छन् ।

नेता खाँणले अदालतको अन्तिम फैसलाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानाको रक्षा गर्ने विश्वास ब्यक्त गरेका छन् ।

उनले अदालतले संविधानको रक्षागर्ने बताएका छन् । कांग्रेस नेता खाँणले संसद विघटन गरेर ओलीले वैशाखमा निर्वाचन घोषणा गरिएको भन्दै निर्वाचन गर्नका लागि ओलीले निर्वाचन घोषणा नगरिएको बताए । ओलीले कुनैन कुनै रुपमा निर्वाचन वैशाखबाट सार्ने उनले बताएका छन् ।

उनले संसद विघटन अनुमोदन भए अदालतको स्वतन्त्रता गुम्ने निश्चित रहेको बताएका छन् ।

नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधानलाई नेकपाको आन्तरिक कलहका कारण ध्वस्त हुने अवस्थामा पुगेको खाँणले बताएका छन् । उनले नेपालबाट कम्युनिष्टहरूको पतन निश्चित रहेको बताएका छन् ।

उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने समेत बताएका छन् । पाकिस्तानमा जुल्फी अलिकार भुट्टोलाई फाँसी दिएकोमा विरोध गरेको बताएका खाँणले त्यही आन्दोलनले पञ्चायतमा जनमत संग्रह घोणा भएको स्मरण गरेका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विगतका आन्दोलनका कम्युनिष्ट पार्टीले धोका दिएको बताए । उनले अबको आन्दोलन कांग्रेस एक्लै गर्ने बताए ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विषालु सर्प पाल्ने सरकारबाट लिएको ७२ करोड फिर्ता गर्न तरुण अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् ।

कार्यक्रममा पूर्वसांसद रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, उप–सभापति माधवप्रसाद रेग्मी, सचिव मीनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीवी शर्मा, जिल्ला सदस्य केबी भण्डारी, बेनी नगर सभापति अनोद श्रेष्ठ, युवा ब्यवसायी भीम रोका, राष्ट्रिय मगर संघका अध्यक्ष हीराबहादुर पुन, महिला संघ अध्यक्ष विमला गौचन, तरुण दल प्रदेश ‘क’ संयोजक असल केसी लगायतले मन्तब्य राखेका थिए ।

क्या. जसबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव दलसिंह रोकाले गरेका थिए । जिल्ला कार्यसमिति सदस्य मनकुमारी विश्वकर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

होम रोकाको अध्यक्षतामा ५४ सदस्यीय नेपाल तरुण दल गठन भएको छ । हीरा थापा मगरको अध्यक्षतामा नेपाल राष्ट्रिय मगर संघ भकिम्ली ईकाइ समिति गठन भएको छ ।

Published : Saturday, 2021 January 30, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया