पाँचौ दिनमा भत्कियो दाङको बंगलाचुलीमा महरा–पोखरेलको कम्युनिस्ट किल्ला, हिरो बने खनाल

बंगलाचुली । दाङको बंगलाचुली गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाले शुक्रबार कमिरेचौरमा शुक्रबार आयोजना गरेको शहीद सभा एवम् पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य राजु खनालले नेकपाका करीव १५० नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

गाउँपालिकाका सभापति जागेश्वर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेताहरू भेषराज खत्री, गिरीराज सुबेदी, पूर्ण मल्ललगायतले कांग्रेसले मात्रै गाउँको विकास गर्ने बताएका थिए । पूर्वसांसद समेत रहेका कांग्रेसका नेता खनालले नवप्रवेशीहरूलाई पार्टीमा अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन् । उनले कांग्रेसको सरकार आउनेवित्तिकै गाउँका युवाहरूलाई रोजगारीदेखि विकासका योजनाहरू ल्याइने बताएका छन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा ताराबहादुर घर्ती, मिलन खत्री, पूर्व माओवादी जनसेना ताराबहादुर बुढा, यमलाल बुढा, गिरबहादुर बुढा, खिमबहादुर पुन, ईन्द्रबहादुर रोका लगायतका दुई सयभन्दा धेरै नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसका युवा नेता गणेश बेल्बासेले जानकारी दिए ।

कांग्रेस प्रवेश गर्नेहरूमा जागेश्वर बुढा, भुपबहादुर बुढा, युवता बुढा, यनुका बुढा, मोतीराम बुढा, तिलका बुढा, कमल पुन, दामोदर परियार, विशाल रोका, बासुदेव घर्ती, लेखराज घर्ती, जितमान पुन, अशोक पुन, भेषराज परियार, छविलाल बिक, ओमीराम खत्री, बेदुराम चर्ती, घनश्याम गाह, चन्द्रबहादुर पुन, खेतुलाल पुन, लालजित बिक, जीवराज खत्री, गुमानसिंह घर्ती पनि कांग्रेसभा प्रवेश गरेका छन् ।

बुद्धसिंह रोका, कविराम लम्साल, गोमा नेपाली, सुर्जमनि खनाल, फनाधर सार्की, डोमबहादुर सार्की, चित्रबहादुर खत्री, तारासिंह बुढा मगर, गिरबहादुर बुढा, भोजराज वली, पुनाधर वली, हिमलाल वली, खिमबहादुर पुन, मोतीलाल खत्री, गुरुप्रसाद भण्डारी, दीपक पुन मगर, कललाल पुन, दीपक पुन मगर, गुपेन्द्र पुन, ओमप्रकाश बुढा, श्यामलाल पुन, खिमबहादुर पुन, भुपबहादुर पुन, गिरबहादुर बुढालगायत करीव १५० जना नेपाली कांग्रेसमा प्रेश गरेका छन् ।

नवप्रवेशीहरूले अमारे गाउँमा बिजुली, २०२७ सालमा स्थापना भएको श्री ऐश्वर्या प्राथमिक विद्यालयलाई निम्न माध्यामिक विद्यालय बनाउनुपर्ने, सिचाइँका लागि पहल गर्नुपर्ने, अमारे गाउँमा अरंग खोलामा झोलुङ्गे पुलको माग गरेका छन् । कांग्रेस नेता खनालले स्थानीयको माग पूरा गर्ने विषयमा आफूले विशेष पहल लिने बताएका छन् ।

विगत पाँच दिनेदेखि गाउँमै बसेर जनताको पिरमर्का र समस्या बुझ्दै आएका युवा नेता खनालले बंगलाचुलीको कुनै समस्या पर्दा आफूलाई सिधै फोन गरेर माग राख्न अनुरोध गरेका छन् ।

बंगलाचुली गाउँपालिकामा नेकपाले जितेको छ । एउटा वडामा मात्रै कांग्रेसले जितेको छ ।

बंगलाचुलीमा कांग्रेस कमजोर मानिन्छ । यो गाउँपालिकामा पूर्वएमाले र माओवादीहरूको बाहुल्यता छ । कम्युनिस्टहरू व्यक्तिगत स्वार्थमा लागेर पार्टी विभाजन गरेपछि कांग्रेसप्रति आकर्षित भएका छन् ।

दाङको क्षेत्र नं. २ मा पर्ने बंगाचुलीले तत्कालीन माओवादीका नेता कृष्णबहादुर महरालाई प्रतिनिधि सभामा विजयी बनाएका थिए । प्रदेश सभामा एमालेका शंकर पोखरेललाई जिताएका थिए ।

पोखरेल लुम्विनी प्रदेशका मुख्यमन्त्री छन् । पोखरेलले जनताको माग र दुःख देख्न सकेका छैनन् ।

महराले रोशनी शाही काण्डमा सभामुख पद फुत्काएर कारागारमा बस्नु परेको थियो । आफैले मत दिएका महरा र पोखरेलबाट कुनै सहयोग नभएपछि नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Friday, 2021 January 29, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया