विद्यासुन्दर शाक्यको ‘हर्कत’ले गगन थापा दिक्क

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गगन थापासँग काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरीको विकास र सुधारमा गरेको कार्यको जानकारी माग गरेका छन् ।

शाक्यले थापालाई पत्र पठाएर कमलपोखरीको विकास तथा सुधारका लागि गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईबाट प्रेषित काठमाडौं महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७–०९–२६को पत्र प्राप्त भयो ।’

‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ’, प्रमुख शाक्यले भनेका छन्, ‘पोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो ।’

शाक्यले थापामाथि गम्भीर प्रश्न उठाउँदै भनेका छन्, ‘तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरूको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

कमलपोखरीको प्रस्तावित ढाँचा तत्कालीन सांसद थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको शाक्यले बताएका छन् ।

कमलपोखरीलाई कंक्रिटको बनाउन खोजेपछि अभियन्ताहरूले विरोध गर्दै आएका छन् । कांग्रेस नेता थापाले पनि कमलपोखरीलाई कंक्रिटका बनाउन नहुने र मौलिक रुपमा तयार पार्नुपर्ने बताउँदै आएका छन् ।

कांग्रेसका नेता थापाले प्रमुख मेयरका गतिविधि र हर्कतले दिक्क भएको बताउँदै आएका छन् ।

Published : Friday, 2021 January 29, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया