कम्युनिस्ट फुटाएको आरोप खेपेका देउवालाई सभापति र प्रधानमन्त्रीमा रोक्न खेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको बिग्रिएको छवि सुधार हुँदै गएको देखेपछि चिन्तित बनेको छ । प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको आरोप खेप्दै आएका देउवाले २० प्रतिशत छवि सुधार गरेको चर्चा छ । देउवा फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएपछि पौडेल समूहलाई तनाब भएको छ ।

नेकपा कानूनी रुपमा विभाजन हुनेवित्तिकै सबैभन्दा ठूलो फाइदा कांग्रेस र सभापति देउवालाई हुनेछ । देउवा पार्टीमा पुनः सभापति हुनेछन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना नगरेर निर्वाचनमा जान भन्यो भने देउवाले टिकट बाँड्नेछन् । देउवाले आफू निकटका नेताहरूलाई धेरै टिकट दिनेछन् । यस्तो अवस्था भयो भने पौडेल समूहलाई तनाब हुनेछ । देउवाले पार्टी र सरकार दुबै मोर्चामा बर्चस्व बनाउने आशंकामा पौडेल समूह डराएको चर्चा कांग्रेसभित्र छ ।

पौडेललाई राष्ट्रपतिको लोभ प्रचण्ड–माधव समूहले दिएका छन् । राष्ट्रपतिको लोभमा परेका पौडेल कुनै पनि हालतमा त्यो पद पाउनेछैनन् । संविधानले एउटा महिला र पुरुष हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउँदा पनि उप–राष्ट्रपति पुरुष भएकाले पौडेललाई राष्ट्रपति बन्न समस्या छ । प्रचण्डले पौडेललाई सहज रुपमा राष्ट्रपति पद दिनेछैनन् ।

पौडेलले यो कुरा पनि राम्रोसँग बुझेका छन् । पौडेललाई सबैभन्दा तनाब देउवाले पार्टी कब्जा गर्छ भन्नेछ । संसद पुनःस्थापना भयो भने सबैभन्दा धेरै अस्थिरता हुनेछ । कांग्रेस तेस्रो पार्टी बन्नेछ । विभाजित भएको भनिएका ओली र प्रचण्ड–माधव समूह पुनः एकीकरण हुने सम्भावना छ । मधेस केन्द्रित दल र नेकपा मिलेर सरकार बनाउने सम्भावना छ । त्यो अवस्था आयो भने कांग्रेसलाई झन् तनाबको अवस्था रहनेछ ।

देउवाले दुबै नेकपाका नेताहरूलाई कानूनी रुपमा विभाजन भएको प्रमाण ल्याउन भन्दै आएका छन् । देउवाले दुबै समूहलाई खुलेर समर्थन गरेका छैनन् । देउवाले ओलीलाई साथ दिएको पौडेल समूहको आरोप छ । देउवाले ओलीलाई साथ नदिएको भए नेकपा विभाजनको चरणमा पुग्ने थिएन ।

यो कुरा पौडेल समूहले बुझ्नुपर्छ । तनहुँमा तत्कालीन एमालेका किसान श्रेष्ठसँग पराजित भएका पौडेललाई गाउँमा जान कति नमज्जा थियो त्यो कुरा स्मरण गरे हुन्छ । एउटा पुल उद्घाटन गर्दा पौडेलले कम्युनिस्टसँग कति संघर्ष गर्नु परेको थियो सबैलाई जानकारी छ ।

Published : Thursday, 2021 January 28, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया