ठमेलका पर्यटन व्यवसायीहरू कांग्रेसमा प्रवेश, डा.महतद्वारा देशका कम्युनिस्ट दोषीहरूको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको व्यक्तिगत स्वार्थका कारण प्रतिनिधि सभा भङ्ग भएको दोहो¥याएका छन् ।

काठमाडौंको ठमेलमा कांग्रेस निकटको लोकतान्त्रिक पर्वतारोही तथा पर्यटन व्यवसायी संघले मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले संसद विघटन गरेर कम्युनिस्टहरूले आफ्नो असक्षमता देखाएको बताए । ओलीले पद नछाडेपछि प्रचण्ड र माधवहरूले एकले अर्कालाई हटाउन खोज्दा संसद विघटन भएको उनले बताए ।

‘ओलीले पद नछोड्ने, प्रचण्ड र माधवजीले पद नपाएछि विवाद भयो । संसद विघटन भएको छ’, उनले भने, ‘संसद विघटन सत्ताधारी दलको खेल हो । संसद विघटन हुँदा हामी खुसी हुनुपर्ने हो । तर, हामी विरोधमा छौँ ।’

‘हामी संविधानमा विश्वास गर्ने पार्टी हो । संसद विघटन संवैधानिक प्रक्रियानुसार नभएपछि विरोधमा गएका हौँ’, सह–महामन्त्री डा.महतले भने, ‘विधि र प्रक्रिया तोडियो भने हामीलाई केही फाइदा होला । भोलिका दिनमा हामीलाई बेवाफाइदा हुन्छ । कांग्रेस सधैँ विधि र प्रक्रियाको पक्षमा छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले संसद भङ्ग भएको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट आउने अन्तिम फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताए । उनले भने, ‘फैसलाप्रति कसैलाई चित्त बुझ्छ । कसैलाई नबुझ्न सक्छ । हामीले संविधानबाटै अन्तिम फैसला गर्ने अधिकार सर्वोच्चलाई दिएका छौँ ।’

संसद भङ्ग गर्ने ओलीको निर्णयलाई अदालतले सदर ग¥यो भने वैशाखामा चुनाव गराउन दवाव दिनुपर्ने उनले बताएका छन् । ‘ओली सरकार काम चलाउ भइसक्यो’, उनले भने, ‘सरुवा–बढुवाको काम रोक्नुपर्छ, बजेट जथाभावी गर्न पाउँदैन ।’

नेता डा.महतले सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो भने दुई वर्षपछि निर्वाचन व्यहोर्न पनि कांग्रेस तयारी अवस्थामा रहेको बताए । ‘ढिलो चाढो चुनाव हुन्छ । कांग्रेसले दुई वर्षको निर्वाचनका लागि पनि तयार छ’, उनले भने, ‘अरु बाटोबाट सत्तामा कांग्रेस जाँदैन । निर्वाचनबाट कांग्रेस सत्तामा जान्छ । अरु पद्धतिमा कांग्रेसले विश्वास गर्दैन । जनतालाई विश्वासमा लिएर भोटले जितेर कांग्रेस सत्तामा जाने हो ।’

उनले भनेका छन्, ‘कांग्रेसलाई जिताउन लागौँ । कांग्रेसलाई बहुमतमा पु¥याउनुपर्छ । कांग्रेसले जत्यो भने विकास हुन्छ ।’

कम्युनिस्टले जस्तो कांग्रेस जथाभावी बोल्न नजानेको डा.महतले बताएका छन् । ‘कांग्रेसको काम बिकेन । कम्युनिस्टको कुरा बिक्यो । ओलीले झुक्काउँछन्’, उनले भने, ‘तीन वर्षमा कम्युनिस्टको हबिगति देखियो । कम्युनिस्टले काम गर्न सकेनन् । कम्युनिस्टलाई चिन्ने मौका जनताले पाएका छन् ।’

नेपालमा मात्रै कम्युनिस्टहरू दुईतिहाइ मतका साथ निर्वाचित भएर सरकार बनाउने ठाउँमा पुगेको भन्दै सह–महामन्त्री डा.महतले कम्युनिस्टलाई कहिल्यै जित्न नसक्ने अवस्थामा पु¥याउनुपर्ने बताए ।

‘अधिकांश देशमा निर्वाचनबाट दलहरू सत्तामा पुग्छन् । नेपालमा मात्रै कम्युनिस्टहरू दुईतिहाइ बहुमतमा पुगेका छन्’, उनले भने, ‘अरु देशले बुझिसके, चिनिसके । भारतमा ५३ सिटमा कम्युनिस्टले ४ सिट जितेको छ । अमेरिकासहितका देशमा कम्युनिस्टले जित्दैन ।’

उनले भनेका छन्, ‘नेपालमा कम्युनिस्टको कुरा बिकेर जितेको छ । कांग्रेसले कुरा गर्न जान्दैनौँ । कम्युनिस्टलाई कहिल्यै नजित्ने गरेर काम गर्नुपर्छ । त्यसपछि देशको समृद्धि र विकास हुन्छ ।’

पूर्वमन्त्री समेत रहेका सह–महामन्त्री डा.महतले कोभिड–१९ ले पर्यटन व्यवसाय धरासाय भएको बताएका छन् ।

‘विदेशी पयर्टक नेपालमा आउन केही समय लाग्छ । नर्मल समय हुन एक वर्ष लाग्छ । सामान्य अवस्थामा आउन छ महिना लाग्छ’, उनले भने, ‘पर्यटनको प्रभाव आम जनतासम्म पुग्छ ।’

‘पर्यटन व्यवसाय प्रभावित हुँदा अर्थ व्यवसाय संकटमा परेको छ । विदेशबाट आउने रेमिट र पर्यटन व्यवसायी प्रभावित भएका छन्’, उनले भने, ‘निर्यात न्यून छ । विदेशी मुद्रा आउँदैन ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेर ५० भन्दा धेरै पर्यटन व्यवसायीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरूलाई डा.महतका साथै केन्द्रीय सदस्य बलबहादुर केसी, आङछिरिङ शेर्पा, सीता गुरुङ, युवा नेता उदयशम्शेर राणा, याङ्किला शेर्पासहितका नेताहरूले स्वागत गरेका थिए ।

Published : Tuesday, 2021 January 26, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया