देउवाले ‘प्रचण्ड–माधव’ समूहलाई झपारेर पठाए, प्रधानमन्त्री पद अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वप्रधानमन्त्री एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको नेकपाका नेता झलनाथ खनालले भेटवार्ता गरेका छन् ।

शनिबार साँझ बुढानिलकण्ठमा भएको भेटवार्तामा कांग्रेस र नेकपा मिलेर आन्दोलनमा जाने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । खनालले देउवासँग संसद पुनःस्थापनाको मागमा एउटै एजेण्डा बनाएर जान प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध मिलेर सडक आन्दोलन गरेर संसद पुनःस्थापना भएपछि कांग्रेससँग सत्ता साझेदारी गरेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदहरू बाँडफाँट गर्न सकिने प्रस्ताव खनालले गरेको कांग्रेसका एक नेताले जनाएका छन् । सो विषयमा नेता खनालले केही भनेका छैनन् ।

देउवाले अहिले नै कुनै पनि समूहको प्रस्ताव स्वीकार गर्न नसकिने जवाफ खनाललाई दिएका छन् । तर, देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले संसद पुनःस्थापनाको माग गरेर कांग्रेस सडकमा जान नसक्ने जवाफ दिएको कांग्रेसका एक नेताले बताएका छन् ।

सभापति देउवाले नेकपाको आन्तरिक विवादमा कांग्रेसले कुनै पनि प्रकारको हस्तक्षेप गर्न नसक्ने जवाफ खनाललाई दिएका छन् ।

सभापति देउवालाई भेट्न जानुभन्दा अगाडि नेता खनालले दाहाल र नेपालसँग परामर्श गरेका थिए । दाहाल–नेपालको सन्देश लिएर नेता खनाल देउवालाई भेट्न गएको जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक विवादमा प्रतिनिधि सभा भङ्ग गरेपछि नेकपाका दुई समूहले अलग–अलग गतिविधि गर्दै आएका छन् । नेकपा कानूनी रुपमा विभाजन नभएपछि कांग्रेस सभापति देउवाले नेकपाको कुनै पनि समूहलाई औपचारिक रुपमा समर्थन गरेका छैनन् ।

Published : Monday, 2021 January 25, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया