यो हो कम्युनिस्टहरूको असली रुप, कार्यकर्तालाई प्रगतिशील, मुख्यमन्त्रीको बिहेमा लाखौँको तामझाम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवम् प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा धुमधामका साथ आइतबार विवाह गरेका छन् ।

४९ वर्षीय राईले आफ्नो उमेरभन्दा झण्डै आधार उमेरले कान्छी ज्याङमु शेर्पासँग परम्परानुसार विवाह गरेका हुन् । विवाहमा आफन्त र भीभीआईपी र भीआईपीहरूलाई मात्रै बोलाइएको थियो । आफ्नो पार्टी नेकपाका कार्यकर्ताहरूलाई प्रवेश निषेध थियो ।

मुख्यमन्त्री राईले काठमाडौंको नक्सालस्थित एलिस पार्टी प्यालेसमा तामझामका साथ विवाह गरेको आफन्तले जनाएका छन् ।

विवाहपछि आइतबार बेलुका आयोजित रिसेप्सन पार्टीमा प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्य पुगेर शुभकामना समेत दिएका छन् ।

रिसेप्सन पार्टीमा पाहुनाहरूलाई स्वागत र शुभकामा लिन उभिएका मुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले लगाएका कपडाको चर्चा सामाजिक सञ्जालमा भएको छ । शेर्पाले लगाएको मोतीको माला र गहनाहरूको पनि चर्चा भएको छ ।

सर्वहारावादी पार्टी अर्थत गरिव जनताका नेता मख्यमन्त्री राईले विवाहमा कति खर्च गरेर भनेर कानेखुसी भएको छ ।

मुख्यमन्त्री राईले आफू खुसी जे पनि गर्न सक्छन् । उनीसँग पैसा छ भने खर्च पनि गर्न सक्छन् । तर, उनी कम्युनिस्ट नेता हुन् । कम्युनिस्टले जनतालाई सिकाउने सिद्धान्त र कुराहरू आफूमा पनि लागू गर्नुपर्छ । होइन भने कम्युनिस्ट ढोँगी र झुठको खेती गर्न माहिर छन् भनेर लाग्दै आएको आरोप यस्तै कुरा र हर्कतले पुष्टि हुने चर्चा हुन थालेको छ ।

नेकपामा अहिले पनि प्रगतिशील विवाह गर्ने परम्परा छ । दुई महिना अगाडि मात्रै नेकपाका स्थायी समिति सदस्य समेत रहेका लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्यले दाङमा प्रगतिशील विवाह गराइदिएका थिए । मुख्यमन्त्री पोखरेल दम्पत्तिले सर्जन परियार र सम्झना चौधरीको प्रगतिशील विवाह गरिदिएर सुखद् र सफल दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।

कार्यकर्ताहरूलाई प्रगतिशील विवाहको पाठ सिकाउने कम्युनिस्टहरूले काठमाडौंमा लाखौँ रुपियाँ खर्च गरेर तामझामका साथ विवाह गरेपछि कम्युनिस्टहरू कति ढोँगी हुन्छन् भन्ने देखाएको छ ।

त्यही नेकपाका नेता एवम् मुख्यमन्त्री राईले भने लाखौँ रुपियाँ खर्च गरेर तामझापसहित विवाह गरेर आफ्नै पार्टीका गरिव मतदाताहरूको आस्थामाथि ठेस पुर्‍याएको चर्चा सामाजिक सञ्जालमा भएको छ ।

कम्युम्युनिस्ट भनेका सर्वहाराहरू हुन् भन्दै आएकाहरूले नै लाखौँ रुपियाँ विवाहमा खर्च गरेपछि कम्युनिस्टहरूको ‘सर्वहारा’ र ‘जनवादी विवाह’ कुराले हावा खाएको छ ।

Published : Sunday, 2021 January 24, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया