गयो ओलीको शक्तिशाली पद, बालुवाटारमा सन्नाटा

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको साधारण सदस्यता समेत खोसेको छ ।

काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पूर्वमाओवादीको पार्टी मुख्यालयमा आइतबार बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यता नरहने गरि कारबाही गरेको हो । प्रचण्ड–माधव समूहले ओलीलाई पार्टीबाट निस्काषन गरेको छ ।

यसअघि अध्यक्षबाट कारबाही गरेको प्रचण्ड–माधव समूहले ओलीलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि ओली समूहभित्र खैलाबैला भएको छ । ओलीको साधारण सदस्यता समेत नरहेपछि नेकपाको शक्तिशाली अध्यक्ष पदनै फत्किएको छ ।

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरणको पत्र बालुवाटारको गेटमा थमाइएको थियो ।

प्रचण्ड–माधव समूहले पार्टी कार्यालयको सचिव गंगालला तुलाधरलाई बनाएको छ ।

पूर्व माओवादीका तर्फबाट श्रीराम ढकाल सचिव थिए । कार्यालयको उप–सचिवमा मोहन गौतमलाई नियुक्त गरिएको छ ।

Published : Sunday, 2021 January 24, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया