अर्कैसँग पत्नीले फोनमा कुरा गरेपछि पतिले…

जनकपुर । धनुषा जिल्लामा श्रीमती हत्या गरेको आरोपमा २२ वर्षीय रहमत राइनलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका ४ का राइनलाई पत्नी हत्याको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपरिचित नम्बरमा फोन गरेको भन्दै राइनले १७ जेठमा श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुसन यादवले अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण हत्या गरेको बयान दिएको बताए ।

राइनले यो विषयमा धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको बयान दिएको धनुषाका प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Published : Monday, 2019 June 3, 12:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया