एसईई मोडल हन्टकाे उपाधि युनिका र समिरलाई

काठमाडौं । डीएम इन्टरटेनमेन्ट आयोजक रहेको ‘एसईई मोडल हन्ट २०१९’को बिजेता युनिका पाठक र समिर तामाङ चुनिएका छन् ।

युनिका फोटो जेनिक र मिस पपुलर उपाधिसहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिस छात्रतर्फको विजेता घोषित भएका हुन् ।

युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि हात पारेका थिए । यी दुबैले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेशनल कलेजबाट प्लस २ अध्यायनका लागि सतप्रतिशत स्कलरसिप, बज्र नानिताज फिटनेश सेन्टरबाट ५० हजार बराबरको फिटनेश सुबिधाको अलवा बिभिन्न गिफ्ट समेत हात पारेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार अबेर साँझ सम्पन्न प्रतियोगितामा छात्रातर्फ एलिसा पौडेल र अञ्जिता छन्त्याल क्रमशः फष्ट रनरअफ र सेकेन्ड रनरअफ घोषित हुँदा छात्रतर्फ अटिट महर्जन र आर्यमान राजभण्डारी क्रमशः फष्ट रनरअफ र सेकेन्ड रनरअफ हुन सफल भए ।

यी सबै बिजेताले अध्यायनका लागि स्कलरसिप लगायत बिभिन्न उपहार समेत जितेका थिए ।

एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोँचमा रहेका र मोडलिङमा भविष्य खोज्न चाँहनेहरुका लागि मध्यनजर गरेर आयोजित प्रतियोगिताको मुख्य आकर्षण धनलाल तामाङ भएका थिए । धनलालले प्रतियोगितामा मिष्टर ह्याण्डसम र मिष्टर पपुलर उपाधी जिते ।

सहभागीलाई समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक डीएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए ।

सनिष शाक्य कोरियोग्राफर रहेको प्रतियोगितामा अभिनेता अनुप बिक्रम शाही, मोडल रोमल शाही, म्यानहन्ट इन्टरनेशल २०१८ बिजेता धुर्व बुढाथोकी, फेसन कोरियोग्राफर संन्जय रौनियार निणार्यका रहेका थिए ।

बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा आधा दर्जन बिधामा बिजेता छानिएको थियो । प्रतियोगितामा सबै बिजेताले बिभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेका थिए ।

Published : Wednesday, 2019 May 29, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया