काठमाडौंमा युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाइँले शवको पहिचान नखुलेको जानकारी दिएका छन् ।

स्थानीयबासीका अनुसार ती पुरुषको शरीरमा चोटपटक देखिन्छ । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ ।

डिएसपी प्रसाइँले शव भेटिएको विषयमा अनुसन्धान शुरू गरिएको बताए ।

सडक किनारको खोल्सा छेउँमा शव भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Published : Friday, 2019 May 24, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया