सलमान खानले कोख भाडामा लिएर बच्चा जन्माउने

मुम्बई । बलिउड सुपरस्टार सलमान खानले सरोगेसी (भाडाको कोख) बुवा बन्ने योजना बनाएका छन् ।

५३ वर्षीय सलमानले आफ्नो चलचित्र ‘भारत’को प्रवर्द्धधन गर्दै आफूले सन्तान चाहे पनि आमा नचाहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मुम्बइ मिररसँगको अन्तर्वातामा उनले भनेका छन्, ‘मलाई बच्चा चाहिन्छ । बच्चासँगै आमा पनि आउँछ । म आमा मन पराउँदिन । बच्चालाई आमाको खाँचो भने पर्छ । मसँग सन्तानको हेरचाह गर्न पूरै गाउँ छ ।’

सलमान खानले बोलेका यी कुराहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यसअघि सलमान खानले एक अन्तर्वातामा भनेका थिए, ‘उ राम्रो छोरा हो र राम्रो पति बन्न सक्छ ।’

टाइम्स अफ इन्डियाले एउटा रिपोर्ट प्रस्तुत गर्दै सलमान खान सरोगेसी मार्फत बुवा बन्ने उल्लेख गरेको थियो ।

उनलाई बालबालिकाप्रति कति इच्छा छ भने उनी कान्छी बहिनी अर्पिताको छोरा आहिलसँग रमाइरहेको भिडियोमा देखिएका थिए ।

सलमानलाई जहिल्यै पनि विवाहको बारेमा प्रश्न सोध्दा भने उनी गोलमटोल जवाफ दिने गरेका छन् ।

उनको त्यो दोधारे जवाफले उनी अहिले पनि विवाहको पक्षमा छैनन् भन्ने देखाउँछ ।

सलमान खान फिल्म उद्योगमा ३० वर्षसम्म काम गरिसकेका छन् । यति लामो समयसम्म काम गर्ने सलमानको नाम धेरै नायिकाहरूसँग जोडियो तर कुनैसँग पनि विवाह भने हुन पाएन ।

तीमध्ये सोमी अली, संगीता बीजलानी, ऐश्वर्या राय बच्चन, कटरीना कैफ तथा यूलिया वन्तुर थिइन् ।

बलिउडका धेरै यस्ता सेलिब्रेटीहरू छन् जसले सरोगेसीमार्फत आमाबुवा बनेका छन् ।

तीमध्ये शाहरुख खान, करण जौहर, एकता कपूर, तुषार कपूर तथा सनी लियोन ।

सलमानको चलचित्र भारत आउँदो ५ जूनमा सार्वजनिक हुँदैछ । यो फिल्ममा सलमानसँगै कैट्रीना कैफ देखिदै छिन् ।

Published : Wednesday, 2019 May 22, 10:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया