‘काले’लाई पक्रउ गर्न प्रहरीद्वारा गोली प्रहार

काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा काले भनिने विष्णु तामाङलाई गोली हानेर पक्राउ गरेको छ ।

डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरूले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

तामाङको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरी छुटेका थिए ।

त्यसपछि पनि उनले सात ठाउँमा डकैती गरेको प्रहरीको भनाई छ ।

Published : Monday, 2019 May 20, 9:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया