भाईले आफ्नै दाईलाई गोली हाने

वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर २ बलुवामा गोली चल्दा एकजना घाइते भएका छन् ।

बिहीबार साँझ गोली लागेर घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् ।

उनलाई आफ्नै भाई सेख सराजुद्दिनले गोली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ ।

दाजुभाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाईले गोली हानेका थिए । गोली लागेको सेखको अवस्था गम्भीर रहेको नारायणी अस्पतालले जनाएको छ ।

दाजुमाथि गोली प्रहार गर्ने भाईलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराज शर्माले जानकारी दिए ।

घाइते भएका सेखको नारायणी अस्पतालमा उपचार हुन नसपछि थप उपचारका लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।

Published : Friday, 2019 May 17, 6:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया