सन्तोषको संगीतमा रोमान्टिम गीत रिलिज

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘आज म तिमीलाई…’ बोलको नयाँ गीत रिलिज भएको छ ।

गीतमा गायिका अञ्जु पन्त र गायक रवि थापा मगरले स्वर दिएका छन् । गीतका शब्द श्रीपुरुष ढकालले लेखेका हुन् । गीतको एरेञ्जर चन्द सिंहले गरेका हुन् । गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानबाट रिलिज गरिएको छ ।

गीतका बारेमा प्रतिक्रिया दिँदै संगीतकार श्रेष्ठले आफ्नो सिर्जनालाई कसरी नराम्रो भनु ? भनेर प्रश्न गर्छन् । भन्छन्, ‘गीत राम्रो बनाएको छु । लय, शब्द, संगीत र स्वरको तालमेल मिलेको छ । रोमान्टिक त्यसमा पनि आधुनिक गीत राम्रो बनेको छ ।’

लामो समयको ग्यापमा राम्रो गीत बनाउनु भएको हो ? भनेर सोधिएको प्रश्नमा श्रेष्ठले भने, ‘होइन गीत त आइरहेका छन् । तपाईलाई यो गीत मन परेकोले त्यस्तो लागेको हुन सक्छ ।’

सबैको सहयोग र सल्लाहले गर्दा ‘आज तिमीलाई…’ बोलको गीत राम्रो बनेको उनी बताउँछन् ।

रोमान्टिक आधुनिक गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल र सनम कठायतले अभियन गरेका छन् । हेम प्रभाशले म्युजिक भिडियोका निर्देशन गरेका हुन् ।

Published : Tuesday, 2019 May 14, 10:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया