चितुवाको छालासहित भालुबाङमा ३ जना पक्राउ

घोराही । दाङ जिल्लाको भालुबाङमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरीले वैशाख २९ गते बिहान साढे १० बजे राप्ती गाउँपालिकाको वडा नम्बर १ भालुबाङ बजारबाट तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नारायणप्रसाद खनालको छोरा वर्ष २० का विष्णु खनाल, दुर्गाप्रसाद भण्डारीका छोरा वर्ष २६ को शालिकराम भण्डारी र बेगम भण्डारीका छोरा वर्ष ३२ को दीपक भण्डारी रहेका छन् ।

भालुबाङ बजारमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्दा सेतो प्लाष्टिकको बोराभित्र छिपाई राखेको ध्वासे चितुवाको छाला फेला परेको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय भलुवाङले उनीहरूलाई डिभिजन वन कार्यालय लमहीको जिम्मा लगाएको छ ।

Published : Monday, 2019 May 13, 8:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया