वाणगंगामा एक्काईस वर्षीय सुनिताको हत्या

चन्द्रौटा । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनिता थारुको हत्या भएको छ ।

सुनिताको शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको प्रहरीले जनाएको छ ।

सुनितालाई ढुंगाले हानेर हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

सुनिताको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुनिताको शव सोमबार बिहान ४ बजे शव फेला पारेको थियो ।

सुनिताको हत्यामा संलग्न भएको आशंकामा उनकै श्रीमान २१ वर्ष सुरेश थारूसहित तीन जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार सुनीतालाई उनका श्रीमानले आइतबार राति ९ बजेतिर नुहाउन भन्दै घर नजिकैको वाणगंगा खोलामा लगेका थिए । त्यही बेला उनको हत्या भएको प्रहरीको अनुमान छ ।

नुहाउन गएकी छोरी राति अबेरसम्म घर नफर्केपछि माइती पक्षले सोमबार बिहानै प्रहरीलाई खबर गरेका थिए ।

सुनिता र सुरेशले एक वर्षअघि प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेपनि सुनितालाई पहिलदेखि नै श्रीमान्, सासुलगायत परिवारले यातना दिने गरेको आरोप छ ।

Published : Monday, 2019 April 29, 11:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया