कोठाभित्र रक्सीका बोतल, रिनाको शव सडकमा

विराटनगर । मोरङ जिल्लामा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।

पथरीशनिश्चरेमा शनिबार बिहान स्थानीय रिना बस्नेतलाई हत्या गरी फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले २९ वर्षीया बस्नेतको शव बिहान मर्निङ वाकका क्रममा स्थानीयले फेला पारेको बताएका छन् ।

शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका एसपी केसीको रहेको छ ।

बस्नेतको शव डेरा गरी बस्दै आएको घर नजिकै भेटिएको थियो । १४ वर्षीय छोराका साथ बस्दै आएकी बस्नेतको श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

शुक्रबार साँझ सांगीतिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको एसपी केसीले जानकारी दिए ।

बस्नेतले कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । बस्नेतको कोठाबाट केही मदिराको बोतल फेला परेको छ ।

Published : Saturday, 2019 April 20, 11:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया