दुई करोड ठगी धन्दामा दाङका पत्रकार पक्राउ

घोराही । बलात्कार र दुई करोड ठगी प्रकरणमा अर्का पत्रकार सागर भनेर चिनिने कुलराज ओली पक्राउ परेका छन् ।

तीन जना महिला बलात्कार, मिटर ब्याजमा दुई करोड बढी रकम ठगी गरेको आरोपमा चैत १३ पक्राउ परेका जयवीर मिडिया प्रालिद्वारा सञ्चालित ‘जलजला खबर डटकम’का पत्रकार महेश भनेर चिनिने भुवन धितालको बयानका आधारमा ओली पक्राउ परेका हुन् ।

धिताल पक्राउ परेपछि धितालको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले ओलीमाथि अनुसन्धान अगाडि बढाएको थियो ।

दाङ जिल्ला अदालतले ओलीका नाममा चैत २५ गते पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि ओली फरार थिए ।

ओलीलाई बिहीबार अपरान्ह करीव साढे ५ बजे काठमाडौंको सिभिल मलबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

धितालले आफूलाई ठगी धन्दामा ओलीले सहयोग गरेको बयान दिएका छन् ।

ओलीले नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारीसँग तस्वीर खिँचेर त्यहीँ फोटो दुरुपयोग गरी ठगी धन्दा चलाएको प्रहरीको आरोप छ ।

Published : Thursday, 2019 April 18, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया