घरदैलोमा मिस नेपाल पिसका प्रतियोगी

काठमाडौं । स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले बेष्टक्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागिता जनाएका छन् ।

विश्व स्वस्थ्य दिवसरको अवसर पारेर आइतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रममा उनीहरूले सहभागिता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् ।

नेपाल बेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प्रतियोगीहरू दरबार स्क्वारक्षेत्र आसपासका घरमा पुगेर क्यान्सर सम्बन्धी चेतना जगाएका थिए ।

‘क्यान्सर के हो ? कसरी लाग्छ ? यो बाट बच्च के गर्न सकिन्छ भन्ने बिभिन्न विषयको ज्ञान प्रतियोगीले घर दैलोमा पुगेर बाँडेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

Published : Sunday, 2019 April 7, 7:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया